२०८२, ११ बैशाख बिहीबार
×

ट्रेन्डिङ

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ मा निःशुल्क भाेजन आज दोश्रो दिन पनि जारी

2258 Shares

सहयोगी दाताहरुको सहयोगमा तथा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ को पहलमा लक डाउन प्रभावितहरुको लागि शनिवार देखि सुरु गरेको निःशुल्क भोजन आज दोश्रो दिन पनि जारी रहयो ।

यस क्षेत्रमा बसोबास गर्ने लक डाउनबाट प्रभावित दैनिक ज्यालादारी गर्ने मजदुर, गरिब, विपन्न परिवार , पीडितहरुलाई सहभाव बचत तथा ऋण सहकारी सस्थाको सहयोगमा त्यस्ता ब्यक्तिहरुको लागि निःशुल्क भोजन उपलब्ध गराइएको छ।

वडा अध्यक्ष मनोजकुमार ढुंगानाको सक्रियतामा शुरु गरिएको उक्त अभियानमा नेपाली कांग्रेसका महासमिति सदस्य बिमल ठकुरी वडा सदस्यहरु नन्दलाल श्रेष्ठ, संन्नानी लामा डम्बरबहादुर श्रेष्ठ , सोबिता मिजार्को साथै बेशीगाउ युवा समूह, अत्तरखेल युवा समाज, डाँडा गाउ टोल सुधार समिति र माशिक सय अभियानका स्वयं सेवकहरुले खाना खुवाउने काममा सहयोगी भूमिका खेलेका थिए । आज बिहान ५००- जनालाइ निशुल्क खाना खुवाइएको थियो।

विश्वभर फैलिएको कोरोना रोगको महामारीको समयमा सरकारले जारी राखेको लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने, विहान कमाएर बेलुका हातमुख जोर्ने मजदुर, कामदार, अति गरिब विपन्न समुदायहरुको जसको घर परिवार अहिले खाद्यन्नको अभावका चुलो बाल्न मुश्किल भएको बेला यसरी निःशुल्क भोजनको प्रबन्ध सराहनिय भएको वडा अध्यक्ष ढुंगानाले बताउनुभयो । उहाँले यस्तो परिस्थितीमा सरकारले जारी राखेको लक डाउनलाई यस निःशुल्क भोजनको प्रबन्ध झन प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै निःशुल्क भोजनको प्रबन्ध गर्ने सहभाव बचत तथा ऋण सहकारी सस्थालाई धन्यवाद दिनु भयो ।

उनले गोकर्णेश्वर नगरपालिका वडा नं ८ को बिभिन् स्थानमा खाना खुवाइएको जानकारी गराए। बिहान ९:३० बजे देखि ११ बजे सम्म र बेलुका ६ बजे देखि ७ बजे सम्म सामाजिक दुरी कायम गर्दै सुरक्षित तवरले तयारी खानाको प्याकेट वितरण गरेको जसमा दाल भात तरकारी समाबेश गरिएको पनि बताए। उनले डाडा गाउँ ,महांकाल भैरब मन्दिर,सरस्वती स्कुल प्राङ्गण,राधा कृष्ण मन्दिर प्रांगण ,बुद्धचोक अत्तरखेल र प्रगती चोक माकलबारीमा खाना खुवाइएको बताए। सो कार्यमा खटिने स्वयं सेवकहरुलाइ धन्यवाद दिएका छन् ।

त्यस्तै वडा सदस्य नन्दलाल श्रेष्ठका अनुसार यो अभियानमा जो कोहि पनि जोडिन सक्ने बताए उनले बास्तबिक प्रभावितहरुको लागि सो अभियान संचालन गरिएको बताए।

प्रतिक्रिया