काठमाडौं । नेपाल विद्यार्थी संघ, त्रिभुवन विश्वविद्यालय समितिले त्रिविका प्राध्यापकहरूले ठूलो आर्थिक घोटाला तथा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएको छ।
नेपाल विद्यार्थी संघ, त्रिभुवन विश्वविद्यालय समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर युएसएआईडीमार्फत मानव शास्त्र संकायका प्राध्यापकहरुले ठूलो आर्थिकसँगै नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएको हो ।
पत्रकार सम्मेलनमा नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिका सभापति हरि आचार्यले विदेशी अनुदानबाट आएको करोडौं रुपैयाँ अनुशन्धानमा खर्च नगरेर त्रिविका कर्मचारीहरुले आफ्नो खल्तीमा हाल्ने गरेको आरोप लगाए ।
त्रिविको लोगो र स्ट्यामसमेत दुरुपयोग गरी अनाधिकृत रुपमा कार्यालय खडा गरेर वार्षिक लाखौं रकम बुझ्ने गरेको उनले बताए । उनले कार्यकारी परिषदको स्वीकृतिबिना कुनैपनि विदेशी अनुदान लिएर अनुशन्धानलगायतका अन्य कार्यक्रमहरु गर्न नजानेपनि बताए । समितिले त्रिविको लोगो दुरुपयोग गर्नेलाई कडाभन्दा कडा कानूनी कारबाही हुनुपर्नेमा उनको जोड छ ।
प्रेस विज्ञप्ती
शैक्षिक, राजनैतिक परिवर्तनको अगुवा संगठन नेपाल विद्यार्थी संघ, शैक्षिक क्षेत्रको सुधार विद्यार्थीहरुको हकहित र विश्वविद्यलायलाई प्राज्ञिक थलो बनाउन अनवरत रुपमा संर्घष गररहेको सर्वाविदिदै छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानव शास्त्र केन्दि«य विभागका विभागीय प्रमुख प्रा.डा.लय प्रसाद उप्रेतीले विभागीय प्रमुख पदमा नियक्ती भई विभागको प्राज्ञिक उन्नयनमा योगदान पु¥याउनु पर्नेमा पदको दुरुपयोग गरि विना अनुमति त्रि.वि.को लोगो समेत अन्यत्र प्रयोग गर्दै कमाउने धन्दामा लागेको पाइएको छ ।
“A study on state of Social Inclusion in Nepal”नामक प्रोजेक्टमा त्रिभुवन विश्वविद्यालय र USAID को लोगोको द्ुरुपयोग गरि पदिय मर्यादा विपरित विभिन्न गतिविधी गरि आर्थिक चलखेल गरिरहेको देखिएको छ । त्रि.वि.को उच्च ओहोदामा आसिन व्यक्तिहरुबाट त्रि.वि.को आधिकारिक स्वीकृती गरि सोही रकम बाट त्रि.वी मा शैक्षिक सुधारको सट्टा आफ्ना नजिककाहरुलाई नियम विपरित विभागमा नियुक्त गरि उच्च पारिश्रमिक दिने (कार्यालय सहयोगीका रुपमा कार्यरत कर्मचारीलाई रु. ५०,०००÷ मासिक पारिश्रमिक उपलब्ध गराउदै आएको) आफु नियमित उपस्थित नहुने हप्तौ सम्मको हाजीर एकै चोटी गर्ने बालुवाटारमा कार्यालय खोली अन्य कामहरु गर्ने तथा विभिन्न बैंक खाताहरु मार्फत ठुलो मात्रमा रकमको दुरुपयोग भइरहेको छ । यस्ता प्रोजेक्टहरु त्रि.वि. कार्यकारी परिषदबाट स्वीकृती लिई निश्चित प्रक्रिया र आधिकारीक निकायबाट अनुमोदित हुनुपर्ने कानुनी प्रावधान रहेतापनि त्यस्तो प्रक्रिया पु्रा गरेको पाइएको छैन ।
प्रोजेक्टको विवरण निम्न बमोजिम रहेको पाइएको छ :
Grant Number AID – 367-F- 17- 00001
Agreement Amount- NRS- 12, 99,16,400.00
(U.S.Dollars $1,299,164)
Sign Between CDEA/TU & USAID
Duns Number- 557770337
Agreement Date- April 23rd, 2017
Contact Valid Period: May 1st, 2017 to April 30th, 2020 (2074/01/18 – 2077/01/18
“A Study on State of Social Inclusion in Nepal”नामक प्रोजेक्ट अन्तर्गत निम्न पदमा रही निम्न अनुसारको पारिश्रमिक लिने गरेको देखियो :
2. Dr. Mukta Singh Lama Research Director RS. 83,00,000.00
(जो कुनै समय त्रि.वि.को स्वीकृती वेगर आफुखुशी अंशिक शिक्षकको रुपमा कार्यरत रहेको, २०६९÷०४÷३२ को पत्रानुसार एक वर्ष नियुक्ती भएको र हाल त्रि.वि.को अस्थाई शिक्षक नरहेको)
त्रि.वि.बाट नियमित तलब भत्ता खाने उल्लेखित प्राध्यापकहरुले त्रि.वि.भन्दा बाहिरको काम गर्न नियमानुसार स्वीकृती लिनुपर्नेमा स्वीकृती नलिएको देखिन्छ।
मावन शास्त्र केन्द«ीय विभागका विभागीय प्रमुख प्रा.डा.लय प्रसाद उप्रेती सहितको गिरोह Fraud कार्यका निम्ती आफैले अंशिक
शिक्षकमा नियुक्त गरेका व्यक्तिबाट रु. ३०,००,०००÷ खाने गरि नियुक्ती भएको देखिएको छ ।
बाहिर काम गरि विभागमा नबस्ने भएकाले विभागका काम थप्प छ भने विद्यार्थीहरु आउन छाडेका छन् ।
यति ठूलो रकम कारोबार गर्नका लागी त्रि.वि.को आधिकारीक निकायबाट स्वीकृती नलिई त्रि.वि.का राजिष्ट्रार बाट खाता खोल्ने अनुमति दिनु तथा शिक्षाध्यक्षबाट No Objection Letter दिनुले ठुलो घोटाला भएको देखिन्छ ।
यस्ता विविध काम गर्दा त्रि.वि.को आधिकारिक निकायबाट स्वीकृती गरेकाले सम्बन्धित निकायबाट नियमानुसारको कारबाही होस ।
उपकुलपति , रेक्टर र राजिष्ट्रारको मिलोमतोमा ठूलो आर्थिक घोटाला भएको
विभागको सम्पूर्ण रुपमा प्राज्ञिक मर्यादा र उन्नयनको दृष्टिले ज्यादै कमजोर बन्दै गइरहेको तर प्राध्यापकहरु Project Oriented हुँदै गइरहेकोले विद्यार्थीहरुको पठनपाठन कमजोर हुँदै विभाग प्राज्ञिक दृष्टिले कमजोर हुँदै गइरहेको ।
नियमित पठनपाठन नहुनले विद्यार्थीको भविष्यमाथी खेलवाडभइरहेको ।
प्राज्ञिक व्यक्तित्वहरु Project Oriented भएको ।
USAID जस्तो ठूलो र लोकप्रिय संस्थाले त्रि.वि.को आधिकारीक निकायको विना परामर्श र विना स्वीकृतीमा यति ठूलो रकमको कार्य गर्दा एउटा विभाग सँग मात्र सम्झौता गरेको र त्रि.वि. भन्दा बाहिर बालुवाटारमा छुट्टै कार्यालय खडा गरि त्रिभुवन विश्वद्यिालयको लोगो र नामबाट अवैध कार्य संचालन गरि यति ठूलो आर्थिक अपचलन गर्दा समेत अख्तियार दुरुपयोग अनुसन्धानको दायरामा नआउनु आश्चर्यको कुरा हो ।
तसर्थ माथि उल्लेखित कुरामा नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितीको गम्भीर अपत्ति भएकोले निष्पक्ष छानवीन गरि दोषी माथि कडा भन्दा कडा कार्बाही गर्न नेपाल विद्यार्थी संघ जोडदार माग गर्दछ ।
हरि आचार्य
अध्यक्ष
नेपाल विद्यार्थी संघ विश्व विद्यालय समिती
(केन्द्रिय क्याम्पस किर्तीपुर)