२०८१, ७ असार बिहीबार
×

ट्रेन्डिङ

कोरोना कन्ट्रोल गर्न सिंगापुरबाट सिक्नु पर्ने कुरा : डा. माधव विष्ट

1604 Shares

काठमाडौं । संसारभरी कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित स्वास्थ्यकर्मीहरु धेरै छन । तर सिंगापुर मात्र एक राष्ट्र् हो जहाँ धरै कम भेटिएको छ ।

संसारभरी बढी संक्रमित हुनुको कारणहरु :

१.असहयोगी विमारी : असहयोगी बिमारी(अन,कोअपरेटिभ)हरु हुन । उनीहरु स्वास्थ्यकर्मीको सल्लाह र सुझाबलाई अटेरी गर्ने, आफ्नो रोगको इतिहास लुकाउने गर्छन । जस्तो मेलेसियामा गर्भबती महिलाले आफुलाई कोभिड-१९ भएको कुरा लुकाएको, फिलिपिन्समा विमारीले आफ्नो यात्रा बारेमा स्वास्थ्यकर्मीलाई जानकारी नगराउँदा नौ जना डाक्टरहरुले ज्यान गुमाउनु पर्यो ।

२ लामो कार्य अवधि : लगातार लामो समयसम्म कोरोनाको बिमारीसँग सम्पर्क गर्दा स्वास्थ्यकर्मीमा संक्रमणको खतरा बढेको देखिन्छ । स्पेनमा विमारीको अनुपातमा स्वास्थ्यकर्मीको कमीले गर्दा विना आराम बढी समय काम गर्नु पर्ने बाध्यता आइपर्याे । जसले गर्दा १० हजार भन्दा बढीमा स्वास्थ्यकर्मी संक्रमित भए ।

३. पिपिई (पर्सनल प्रोटेक्टिभ इक्यूमेन्ट) : संसारभरी नै पिपिईको अभाव देखिकाले स्वास्थ्यकर्मीहरुले आफूलाई बचाउन सकेनन् । जसले गर्दा बढी संक्रमित भए । इटलीमा मास्क, ग्लोबको कमीले गर्दा हजारौ संक्रमित भए । तर सिंगापुरमा संक्रमितको संख्या हिजो आज बढे पनि स्वास्थ्यकर्मीहरुमा भने न्यून रहेको छ । जसमध्ये ५ सय ८६ निको भइसेकेको र ९ जनाले ज्यान गुमाउनु परेको थियो ।

अहिलेसम्म ४१ जना स्वास्थ्यकर्मीहरु कोभिड १९ विमारीको सम्पर्कमा आएका र यी मध्ये ४ जनामा मात्र संक्रमण पाइएको छ । यसका प्रमुख कारणहरुमा महामारीको पूर्व तयारी, जसअन्तर्गत सिमुलाटिङ टे्र्निङ , मास्क फिटिङ टे्र्निङ, इन्फेक्सन कन्ट्र्रेल टे्र्निङहरुको बेलाबेलामा आयोजना गर्नु, अत्यन्त सान्दर्भिक योजना, सभ्य राजनीति, प्रसस्त स्वास्थ्यकर्मीहरु परिचालन, सीमित कामको अवधि, सभ्य विमारीहरु र प्रसस्त पिपिई रहेका छन ।

डा. माधव विष्ट
(इन्टरभेन्सनल कार्डियोलोजिष्ट)
नेशनल हार्ट सेन्टर सिंगारपुर (एनएचसिएस)
हाल नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल
बिराटनगर, नेपाल

प्रतिक्रिया