991
Shares
लण्डन (जीएनएन) । लण्डनमा हालै भएका लगभग आधा मृत्यु कोविड १९ सँग जोडिएको छ । अप्रिलको तेस्रो हप्तासम्म लण्डनमा दर्ता गरिएका सबै मृत्यु मध्ये आधा (४७%) कोविड १९ सँग जोडिएको नयाँ तथ्यांकले देखाएको छ ।
राष्ट्रिय तथ्यांक विभाग (ओएनएस) को कार्यालयद्वारा मंगलबार जारी गरिएको तथ्यांकले इंग्ल्याण्ड र वेल्स भरी जारी गरिएको १६,३८७ मृत्यु प्रमाणपत्रमा ५ मध्ये १ मा कोविड १९ उल्लेख गरेको देखाएको छ ।
बेलायतका सरकारी निकाय, पब्लिक हेल्थ इंगल्याण्ड, का अनुसार आइतबार (एप्रिल १२) सम्ममा बेलायतमा २९०,००० भन्दा बढी मानिसहरुको परिक्षण गरिएकोमा ८८,६२१ जना कोरोनाबाट संक्रमित भएको पुष्टि भएको छ, ती मध्ये ११,३२९ जनाको कोरोनाबाट ज्यान गइसकेको छ ।