२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

नेपालमा थप एकजनामा कोरोना संक्रमणको पुष्टी

1723 Shares
Spread the love

काठमाडौँ । नेपालमा थप एक जनामा कोरोनाको संक्रमण (कोभिड–१९) भएको पुष्टी भएको छ । कैलालीको लम्की चुहा नगरपालिका-१ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको टीकापुर अस्पताल स्रोतले जनाएको छ। यसअघि लम्कीकै २१ वर्षीय युवकमा पनि कोरोना पोजिटिभ देखिएको थियो।

वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी चैत्र १७ गतेदेखि कैलालीको लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएकी थिइन् ।

आज एक जनाको कोरोना पुष्टी भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । यसअघि हिजो वीरगञ्जमा तीन जना भारतीय नागरिक संक्रमित भेट्टिएका थिए ।

१३ जना संक्रमितमध्ये पहिलो कोरोना संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने शुक्रराट ट्रपिकल तथा राष्ट्रिय सरुवारोग केन्द्रमा उपचार गराईरहेका दुई जना एक दुई दिनमा डिस्चार्ज हुने अस्पताल स्रोतले जनाएको छ।

प्रतिक्रिया