२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

कोरोनाभइरसबाट ज्यान गुमाउने नेपालीको संख्या १४ पुग्यो

5150 Shares
Spread the love

लण्डन । विश्वभर फैलिएको कोरोना महामारी (कोबिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने नेपालीहरुको संख्या १४ पुगेको छ।

नेपालमा ३ हजार ५ सय २५ जनामा परिक्षण गरिएकोमा १२ जनामा कोरोना संक्रमण देखिएको छ भने १ जना कोरोना मुक्त भएको जानकारी प्राप्त भएको छ ।

विदेशस्थित नेपाली राजदूतावास तथा स्थानीय संघ संस्थाद्वारा प्राप्त सूचनाका आधारमा सो आँकडा तयार पारिएको हो ।

अमेरिकामा ५ सय, युकेमा १ सय, स्पेनमा १८, युएईमा १०, जर्मनीमा ४, पोर्तुगलमा ८, अष्ट्रेलियामा ९, साउदी अरबमा ४, कुवेतमा ५, जापानमा १, मलेसियामा १, म्यानमारमा १ र हङकंङमा १ जना नेपाली कोरोना संक्रमित रहेका छन् ।

प्रतिक्रिया