२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएन यूकेलाई किन राजदुताबासले पत्याएन ? नेतृत्व असफल भएकै हो त ?

1795 Shares
Spread the love

– नेपाल संसार समाचार टिप्पणी 

लण्डन। कोरोना भाइरस (कोभिड – १९) संक्रमणका कारण बेलायतमा खाना बस्न समस्या भोगिरहेका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरु र केहि नेपालबाट आएका डाक्टरहरुलाइ सहयोग गर्न बेलायतस्थित आफुलाई छाता संगठन भन्ने एन आर एन युके लगायतका संघ सस्था हरु सबै ‘तैँ चुप मै चुप’ को अवस्थामा रहेको गम्भीर  अवस्था सिर्जना भएको छ । केहि सहयोगी मनहरुले निस्वार्थ रुपमाआफ्नै घरमा  खान र बस्न दिएर उनीहरुलाई संकटको घडीमा ठुलो गुण लगाइरहेका छन् ।

मार्च पहिलो साता बेलायतस्थित नेपाली राजदुताबासका उपनियोग प्रमुख शरद राज आरनले एनआरएनए युकेको अल्डरसटमा भएको कार्यक्रममा प्रसंसासहितको भाषणका भिडियो अहिले पनि सामाजिक संजालमा यत्रतत्र भेटिन्छन । अल्डरसटमा एनआरएनए युके कार्यक्रम बारेमा एनआरएन युकेका सस्थापकहरुनै विभाजित थिए ।

सस्थापकहरुलेनै कोरोनाको महामारीको अबस्थामा कार्यक्रम नगर्न दिएको सुझाबलाई लत्याउदै केहि आर्थिकरुपमा बिबादास्पद व्यक्तिहरुले जसरिपनि कार्यक्रम गर्ने बालहठ छोडेनन् । उक्त कार्यक्रममा महामहिम राजदुत डा दुर्गा बहादुर सुबेदी ,एनआरएनए युकेका सस्थापक अध्यक्ष्य महन्त श्रेष्ठ लगायतका थुप्रै एनआरएनए अभियन्तहरु समेत कार्यक्रममा उपस्थित भएनन् ।

आर्थिक पारदर्शिताको प्रश्न उठाउँदै एनआरएनए आइसिसी अध्यक्ष कुमार पन्तलाई कालो झण्डा समेत देखाए । कुनै पनि संस्थामा यस्तो अवस्था आउनु हुन्न थियो । त्यो बाहेक कतिपय विवादका कार्यक्रममा सुभेच्छुक र पत्रकारहरुले नजान सुझाब दिदा समेत स्वयं अभिभावक राजदुत सुवेदी जानु भएको थियो । हाल बेलायतस्थित नेपाल पत्रकार महासंघ , नेपाल प्रेस युनियन युके लगायतका संघ सस्थाहरुले समेत राजदुताबासलाई सहयोग गर्दै आएका छन् ।

राजदुताबासले समेत भिजिट नेपाल र अहिले कोरोनाको लागि सुचना आदान प्रदान गर्न महासंघ र युनियन आबध्ध पत्रकारहरु संयोजक र सदस्यहरु रहेको समिति बनाएको छ । तर एनआरएनए युके लगायत आर्थिक पारदर्शिता नभएका संस्थाहरुलाई दूताबासले सायद अब पत्याउँदैन र पत्याउनु समेत हुदैन ।

कतिपय समाचार , लेख र टिप्पणीहरुमा अभिभावकका रुपमा रहेका राजदूत सुवेदीले समुदाय संकट परेको बेला कुटनीतिज्ञको रुपमा प्रस्तुत हुन पाईदैन अभिभावक बनेर समस्या समाधान गर्नुपर्छ भन्ने अभिव्यक्ति समेत आएका छन् । एक जना एनआरएनए पदाधिकारीले महामहिमको मन दुख्ने गरी खेद प्रकट गरेर सामाजिक संजालमा लेख्नु भएको थियो । त्यो कदापि राम्रो मान्न सकिन्न ।

सहयोग गर्नेहरुको सम्मान पदीय हैसियतमा बसेको मानिसले झन् धेरै गुर्नपर्छ । यस्तो कुरा लेख्न मिल्दै मिल्दैन । आर्थिक विवादकै कारण एनआरएनए युके यो अवसरबाट बंचित भएको हो भने आर्थिक पारदर्शिता भएका संस्थाहरु मध्ये एक छान्नु पर्छ । सामाजिक संस्थाको विकल्प निजी कम्पनी हुन सक्दैन । यदि यस्तो होइन भने समुदाय संटकमा परेको बेला राजदूताबाससँग सहकार्य गर्ने यत्रो ठूलो जिम्मेवारी किन एनआरएनए युकेले पाउन सकेन ? नेतृत्व माथि प्रश्न खडा भएको छ । एनआरएनए युके र यसको नेतृत्वले पनि आफ्नो भूमिका खोज्न र जिम्मेवारी वहन गर्न सक्नुपर्छ । संघसंस्थाहरुको छाता संगठन मै हुँ भनेर स्वत भूमिका आउने होइन । क्षमता पनि देखाउनु पर्छ । नत्र एनआरएनए युकेको भूमिका यस्ता निजी कम्पनीले क्षणभरमै खोस्न सक्छन् ।

राजदूतावासले नेपाली समुदायबाट बेखबर युवाहरुको एउटा प्राइबेट कम्पनीलाई विद्यार्थीहरुको समस्या समाधान हुने गरी सहयोग रकम वितरण गर्न जिम्मा दिएको छ ।कोरोना भाइरस संक्रमणका कारण बेलायतमा खाना बस्न समस्या भोगिरहेका ती विद्यार्थीहरुलाई मर्जिङ नेपसक्स नामको प्राइबेट कम्पनीमार्फत सहयोग गर्न दूतावासले समुदायमा आग्रह गरेको हो । नेपसक्स अध्यक्ष पवन कँडेल संयोजक हुन् । करीब तीन सय हाराहारीमा रहेका संघसंस्थाहरु दूताबासको यो निर्णयले अचम्ममा परेका छन् ।

आफ्नो सस्थापन दिवसलाइ एनआरएनए युकेको कार्यसमितिका पदाधिकारी र सदस्यहरु मध्यबाट संयोजक नराखी एकजना सर्बाधिक बिबादास्पद र मनोनित आइसीसी सदस्यलाई संयोजक तोकेर एनआरएन युकेले गम्भीर र इतिहासमा “कालो दिन” को नाम पाएको छ । हालै कोरोना पिडितहरुलाई सहयोग गर्न समेत राज्यपरिषद्का अध्यक्षलाइ संयोजक तोकेर कतै एनआरएन युकेले आफ्नो साख अझै गिराएको त होइन ? गम्भीर प्रश्न चिन्ह खडा भएको छ ।

प्रतिक्रिया