लण्डन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनसम्पर्क समिति बेलायतका सभापति युबराज गुरुङ्गसँग टेलिफोन संवाद गरेका छन् ।
विश्वभर नोभेल कोरोना भाइरसको संक्रमण बढेपछि यस विषयमा जानकारी लिन सभापति देउवाले सोमबार जनसम्पर्क समिति बेलायतका सभापति युबराज गुरुङ्गसँग टेलिफोन संवाद गरेका हुन् । संवादका क्रममा देउवाले बेलायतमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी लिएका थिए भने कोरोनाका कारण मृत्यु हुने नेपाली तथा बेलायती नागरिक प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
संवादकै क्रममा बेलायत सरकारले कोरोना नियन्त्रणको लागि बनाएको नियम पूर्ण रुपमा पालना गर्न बेलायतबासी नेपालीहरुलाई देउवाले आव्हान गरेका छन् ।
नेपालमा महा-भुकम्प जादा जनसम्पर्क समिति बेलायतले गरेको सहयोग सम्झिदै देउवाले कोरोनाको कारणले उत्पन्न हुनसक्ने विपत्तिको लागि तयार रहन निर्देशन दिएका थिए ।
सभापति गुरुङ्गले बेलायतमा रहेका नेपालीहरुको सहयोगका लागि जनसम्पर्क समितिले कमिटि गठन गरेको र समस्यामा परेका विद्यार्थीहरुसंग दैनिक रुपमा उपडेट लिईरहेको जानकारी दिए ।
तेस्तै डब्लूएचओले तीन महिनाअघि नै कोरोनाको संक्रमणविरुद्धका तयारीमा जुट्न सिंगो संसारलाइ आह्वान गरी सक्दा पनि नेपाल सरकार चुप लागेर बसेको र अन्तिम समयमा आएर तीन घण्टा मात्र समय राखेर बोलपत्र आह्वा गरेर सामानहरु बजार मूल्यभन्दा अस्वभाविक रुपमा बढी मूल्यमा खरिद गरेर सरकारले चरम लापरबाही र भ्रष्टाचार गरेको यसले अन्तराष्ट्रिय रुपमा नेपालको ठुलो बदनाम भएको जानकारी सभापति गुरुङ्गले देउवालाई दिए ।