२०८३, २३ कार्तिक आईतवार
×

माया पुनको नेपालकी छोरी बजारमा : केकी अधिकारीको धमाकेदार प्रस्तुती (भिडियो सहित)

3200 Shares

काठमाडौँ । माया पुनको आवाजमा नयाँ गीत नेपालकी छोरी सार्वजनिक भएको छ । बिशेषत पुनहिलको परिचय झल्कने शब्द र संगीत रहको उक्त गीतमा नायीका केकी अधिकारीको अभिनय रहेको छ भने उनलाई अनिल अधिकारी र सुमिन गुरुङले साथ दिएका छन् ।

जंगबहादुर पुनको शब्द र अर्जुन पोखरेलको संगीतमा तयार भएको गीत ड्रिम्स स्टुडियोले तयार पारेको हो । पोखराको बिभिन्न रमणिय स्थलमा छायंकन गरिएको गीतले राष्ट्रिय भाव प्रस्तुत गरेको गायीका माया पुन बताउँछिन् ।

शब्द रचना गर्ने जंगबहादुर पुनका अनुसार पर्यटकीय स्थल पुनहिलको परिचय दिने खालका शब्द र भिडियो पनि त्यही अनुसार निर्माण गरिएको बताए । भिडियोमा सरोज अधिकारीको छायंकन, टेकेन्द्र शाहको रंग संयोजन, प्रिती गुरुङको नृत्य निर्देशन रहको गीतको निर्देशक तथा सम्पादक सुवास अम्गाई रहेका छन् । साथी क्रियशनले भिडियो निर्माण गरेको हो ।

https://www.youtube.com/watch?v=Pro9-tNIKRM&feature=youtu.be&fbclid=IwAR2yVYu-7flOEZvwsXdXpRUGQ9Hh4QQff6SLGty0-j_N-QKLKPpsavjTC_U

प्रतिक्रिया