२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

कोरोना अपडेट : उपचारपछि निको हुने २ लाख ५२ हजार बढी

902 Shares
Spread the love

काठमाडौं– कोरोना भाइरसबाट संक्रमित उपचारपछि निको भएर घर फर्किनेको संख्या  २ लाख ५२ हजार नाघेको छ।

नेपाली समय अनुसार आइतबार बेलुका साढे ८ बजेसम्म  २ लाख ५२ हजार ६ सय १५ जना बिरामी निको भएर घर फर्किसकेका छन्।

चीनमा सबै भन्दा बढी मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्। चीनमा उपचारपछि निको भएर घर फर्किनेको संख्या ७७ हजार २ सय ७ पुगेको छ।

स्पेनमा उपचारपछि निको भएर घर फर्किनेको संख्या  ३८ हजार ८० पुगेको छ। जर्मनीमा  २६ हजार ४ सय जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

इटालीमा २० हजार ९ सय ९६ सय जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्।

इरानमा १९ हजार ७ सय ३६ जना बिरामी निको भएर घर फर्किसकेका छन्।

फ्रान्समा  १५ हजार ५ सय ७४ जना निको भएर घर फर्किसकेका छन्।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर १२ लाख २५ हजार ३ सय ६० जना कोरोना भाइरसबाट  संक्रमित भएका छन्।

संसारभर कोरोना भाइरसको संक्रबाट मुत्यु हुनेको संख्या  ६६ हजार ५ सय ४२ पुगेको छ।

आतबार मात्र विभिन्न देशमा गरेर २३ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। १ हजार ८ सयभन्दा मानिसको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ।

आइतबार सबै भन्दा बढी मानिस स्पेनमा संक्रमित भएका छन्।  स्पेनमा  ४ हजार ५ सय ९१ जना नयाँ बिरामी थपिएका छन् भने ४ सय ७१ जनाको मुत्यु भइसकेको छ।  यो  सँगै स्पेनमा संक्रमितको संख्या १ लाख ३० हजार ७ सय ५९ पुगेको छ।  स्पेनमा  १२ हजार ४ सय १८ जनाले ज्यान गुमाइसकेका छन्।

अमेरिका हालसम्म सबै बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। अमेरिकामा संक्रमितको संख्या ३ लाख ११ हजार ६ सय ५६ पुगेको छ। ८ हजार ४ सय ५४ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन्।

इटालीमा सबै भन्दा बढी मानिसको कारोना भाइसरको संक्रमणबाट ज्यान गुमाएका छन्।   इटालीमा ज्यान गुमाउने संख्या १५ हजार ३ सय ६२ पुगेको छ। इटालीमा १ लाख २४ हजार ६ सय ३२ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।

प्रतिक्रिया