२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

अमेरिकामा कोरोना भाइरसबाट एकैदिन चार नेपालीको निधन

2278 Shares
Spread the love

न्युयोर्क : अमेरिकाको न्युयोर्कमा कोरोना भाइरसबाट एकैदिन चारजना नेपालीको निधन भएको छ। कोरोनाको महामारी फैलिएको न्युयोर्क सहरमा बस्दै आएका चारजना नेपालीको शनिबार कोरोना भाइरस संक्रमणका कारण निधन भएको राष्ट्रिय समाचार समितिले जनाएको छ।

शनिबार कोरोना संक्रमणबाट निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु रहेका छन्। उनीहरु सबै न्युयोर्कमा बस्दै आएका थिए ।

निधन भएकाको परिवार र स्थानीय सङ्घसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने जानकारी मेरिल्यान्ड राज्यसभाका विधायक ह्यारी भण्डारीले बताएका छन्। तर प्रहरीले उनीहरुको शव लगिसकेकाले दाहसंस्कारमा परिवार र नातेदार उपस्थित हुने सम्भावना कम छ।

यसभन्दा दुई साताअघि कोरोनाकै कारण पाँचथर पुर्ख्यौली घर भएका ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो। योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुने नेपालीको सङ्ख्या पाँच पुगेको छ ।

प्रतिक्रिया