लण्डन : बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको प्रेमिका क्यारी सिमोन्ड्सलाई पनि कोरोना भाइरसको लक्षण देखिएको छ ।
क्यारी गर्भवती समेत छिन् । लक्षण देखिएपछि उनले गत साता ओछ्यानमै बिताइन् । ‘कोरोना भाइरसको मुख्य लक्षण देखिएपछि मैले गत साता ओछ्यानमै मिताएँ, मलाई परीक्षण गर्नु आवस्यक छैन । र सात दिनको आरामपछि मैले बलियो भएको महसुश गरेको छु, अहिले सुधार भइरहेको छ,’ सिमोन्ड्सले भनिन् ।
प्रधानमन्त्री बोरिसले भने गर्भवती भएका बेला कोभिड १९ को संक्रमण हुनु चिन्ताजनक अवस्था भएको भन्दै कोरोनाबाट बच्ने उपाय अवलम्वन गर्न अन्यलाई पनि आग्रह गरेका छन् । बोरिस जोन्सन आफैँ पनि कोरोनाको लक्षण देखिएपछि आइसोलेसनमा बसेका छन् ।
५५ वर्षीय जोन्सन र ३२ वर्षीया सिमोन्ड्सले गत फेब्रुअरीमा सन्तान जन्माउने तयारी गरेको जानकारी दिएका थिए । जोन्सनले फेरि प्रधानमन्त्री पदमा जितेपछि उनीहरु सँगै बस्दैआएका छन् ।
जोन्सनले यसअघि भारतीय मूलकी युवतीसँग विवाह गरेका थिए । उनीसँग डिभोर्सपछि सिमोन्ड्ससँग नजिकिएका हुन् ।