२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

नियम पालना नगरे खराब दिनको सामना गर्नुपर्ने बेलायती प्रधानमन्त्री जोन्सनको चेतावनी

1421 Shares
Spread the love

लण्डन  । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना भाइरसका कारण अझै खराब दिन आउनसक्ने भन्दै सचेत हुन देशवासीलाई अपील गरेका छन् ।

कोराना भाइरस संक्रमणका कारण आफै एकान्तवासमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायतका सबै घरधनीलाई घरभित्रै रहन आग्रहसहितको पत्र पठाउँदै आवश्यक परे अझै कडा प्रतिबन्ध लगाउन सकिने चेतावनी दिएका छन् ।

सरकारी नियम र स्वास्थ्य सम्बन्धि जानकारी भएको पर्चा घर घरमा छाडिएको हो । पत्रमा कोरोना भाइरसबाट अहिलेसम्म बेलायतमा भएको मृतक र संक्रमितको संख्या पनि उल्लेख गरिएको छ ।

तीन करोड घर परिवारलाई पठाइएको पत्रमा जोन्सन लेख्छन्, ‘शुरुदेखि नै हामीले सही उपायहरु ठीक समयमा राख्न खोजेका छौं ।’ उनी भन्छन्, ‘यदि वैज्ञानिक र चिकित्सकीय सल्लाहले हामीलाई अझ अगाडी जान भन्छ भने त्यसो गर्न पनि हिच्किचाउदैनौं ।’

कोरोना भाइरसको संक्रमण रोक्नका लागि गत हप्ता मात्र ब्रिटेनले दुई जनाभन्दा बढी मानिस सार्वजनिक भेला हुन नपाउने, अनावश्यक सामान बेच्न पसल खोल्न नपाइने जस्ता प्रतिबन्धात्मक आदेश जारी गरेको थियो ।

यो अवस्था सुध्रनु अगाडि नै स्थिति झन् खराब हुने भएकाले तपाईलाई अहिलेकै स्तरमा राख्नु महत्वपूर्ण रहेको पनि उनले भनेका छन् । सरकारले तयारी गरिरहेको भन्दै प्रधानमन्त्री जोन्सनले जति धेरै नियम पालना गर्दछौं त्यति नै कम जीवन गुमाउने पनि प्रष्ट गरेका छन् ।

भाइरसको संक्रमण र मृतकको संख्या दुई हप्तासम्म बढ्ने भएकाले सामाजिक दूरी र दैनिक जीवनको प्रतिबन्ध पालना गर्नु जरुरी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया