1744
Shares
नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पुष्टि गरेका छन्।
काठमाण्डूको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ती व्यक्तिमा सङ्क्रमण भएको पाइएको देवकोटाले बीबीसी नेपालीलाई बताए।
देवकोटाका अनुसार सङ्क्रमित व्यक्ति चैत ११ गते अस्पताल भर्ना भएका थिए।
सङ्क्रमित व्यक्ति कुन विमानमार्फत् नेपाल फर्केका थिए भन्नेबारे सोधखोज भइरहरेको देवकोटाले बताए।