लण्डन । यूकेका प्रधानमन्त्री बोरिस जोसनलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनलाई हल्का लक्षणहरू देखा परेका छन् । उनीलाई कोरोनाभाइरसको लागि इंग्ल्याण्डका प्रमुख मेडिकल अफिसर, प्रोफेसर क्रिस ह्विट्टीको व्यक्तिगत सल्लाहमा परीक्षण गरिएको थियो ।
उनले ट्वीट गर्दै सो जानकारी दिएका हुन् । उनले लेखेका छन् हामी सरकारको प्रतिक्रियालाई भिडियो कन्फरेन्स मार्फत अगाडि बढाउनेछौं हामी यस भाइरससँग लड्छौं । उनि सेल्फ आइसोलेसनमा उपचारार्थ छन ।
Over the last 24 hours I have developed mild symptoms and tested positive for coronavirus.
I am now self-isolating, but I will continue to lead the government’s response via video-conference as we fight this virus.
Together we will beat this. #StayHomeSaveLives pic.twitter.com/9Te6aFP0Ri
— Boris Johnson #StayHomeSaveLives (@BorisJohnson) March 27, 2020
विहिबार मात्र बेलायतकै राजकुमार प्रिन्स चार्ल्सलाई समेत कोरोना संक्रमण भएको जानकारी दिइएको थियो । त्यस्तै बेलायतमा जोनसन क्याबिनेटकै एक जुनियर मन्त्रीलाई समेत कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।
बेलायतमा अहिलेसम्म कोरोनाबाट ११ हजार ६५८ जना संक्रमित भएका छन् भने अहिलेसम्म ५७८ जनाले ज्यान गुमाएका छन् ।