लण्डन । कोरोना भाइरस फैलिनबाट बचाउन र यसको उपचार गर्न थुप्रै कुरा सुन्न पाईन्छ । भाइरसबाट जोगिन मानिसहरूलाई विभिन्न किसिमका भ्रामक सल्लाहहरू दिइन्छ । बीबीसीले यी मध्ये केही अनुसन्धान गरेको छ ।
‘कसलाई थाहा थियो कि चियाले यो भाइरस रोक्न सबैभन्दा ठूलो भूमिका खेल्छ ?’ सामाजिक सन्जालमा यस्तो दावी गरिएको छ कि एक कप चियाले यस भाइरसलाई नियन्त्रण गर्न सक्छ ।
चीनका डाक्टर ली वेनलियांगले भनेको भन्दै सो कुरा भाईरल गरिएको छ उनि भाइरसको बारेमा चेतावनी दिने नायक भनेर सामाजिक सन्जालमा भ्रम फैलाउनेहरुले दाबी गरेका छन् । हालसालै उनी यस भाइरसको कारण मरेका छन् ।
सो दावी अनुसार डा.वेनलियांगले आफ्नो केस फाइलमा लेखेका छन् कि चियामा पाइने मिथाइजाँथाइन, विषाणुको प्रभावलाई कम गर्दछ। उनले उनका बिरामीहरुलाई चिया दिन शुरू गरिसके जो भाइरससंग संघर्ष गरिरहेका थिए ।
बीबीसीले आफ्नो अनुसन्धानमा पत्ता लगाएको छ कि चियामा मेथिलजान्टाइन्स नामक तत्व हुन्छ जुन कफी र चकलेटमा पनि पाइन्छ ।
डा.वेनलियांगले यस सम्बन्धमा कुनै अनुसन्धान गरिरहेका कुनै प्रमाण भेटिएन उनि भाइरसमा विशेषज्ञ थिएन्न उनि आँखा सर्जन थिए । चिनियाँ अस्पतालहरूले कोविड १९ का बिरामीहरूलाई चियाको सट्टा औषधी दिएका छन् किनभने चियाले भाइरस संक्रमण ठिक हुदैन । फेब्रुअरीमा चीनमा चियाको प्रयोगले कोरोना भाइरस फैलिएको दाबी गरेको केही रिपोर्टहरू पनि थिए तर यो दावी सत्य होइन ।