२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

कोराना महामारी:-स्पेन चीनभन्दा पनि अघि, एकैदिनमा ७३८ जनाको मृत्यु

1746 Shares
Spread the love

जीएनएन,बार्सिलोना। कोरोना भाईरस (कोभिड–१९) का कारण स्पेनमा पछिल्लो एकैदिनमा ७३८ जनाको मृत्यु भएको छ। हालसम्म ३४३४ जनाको मृत्यु भएको स्पेनको स्वास्थ्य मन्त्रालयले बुधबार पुष्टी गरेको छ। मृत्यु हुनेको संख्या २७ प्रतिशतले बृद्वि भएको छ। यो हालसम्मकै उच्च दर हो।

स्पेन चीनभन्दा पनिअघि पुगेको छ,जहाँ यो महामारीको उत्पत्ति भएको थियो। चीनमा कोभिड–१९ का कारण ३२८७ जनाले ज्यान गुमाएका छन्। तर अर्को युरोपेली मुलुक ईटालीमा मृत्यु हुनेको संख्या सबभन्दा बढी छ।जहाँ ६८२० जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा स्पेनमा ७९३७ जना नयाँ संक्रमितहरु भेटिएका छन्। जुन हिजोको तुलनामा २० प्रतिशतले बढी हो। हालसम्म मुलुकभर ४७६१० जनालाई कोराना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ। ३१६६ जनाको आईसीयूमा उपाचार भईरहेको छ भने ३७९४ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रतिक्रिया