2032
Shares
लण्डन । बेलायतका ७१ वर्षका राजकुमार चार्ल्सलाई पनि कोरोना भएको पुष्टी भएको छ । बेलायतको राजपरिवारमा यो पहिलो कोरोना संक्रमण हो। उनको स्वास्थ्य अवस्था ठीक रहेको पनि जनाईएको छ।
७१ बर्षिय चार्ल्स कोरोना संक्रमण देखिएपछि उनी स्कटल्याण्ड स्थित आफ्नो निवासमा आईसोलेसनमा रहेका छन् । उनकी पत्नीलाई भने संक्रमण देखिएको छैन। दुवैजना आइसोलेसनमा बसेका बेलायती संचार माध्यमहरुले जनाएका छन् । उनको परीक्षण आवश्यक मापदण्ड पुरा गरि एबरडीनशायर एनएचएसले गरेको थियो ।
अहिलेसम्म बेलायतमा ४२२ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । बेलायतमा अहिलेसम्म ८ हजार भन्दा बढीलाई कोरोना संक्रमण भएको छ।