२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

अमेरिकामा कोरोना लागेका एक नेपालीको मृत्यु

1864 Shares
Spread the love

काठमाडौं, अमेरिकाको न्यूयोर्कमा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ।

कोरोना भाइरसबाट संक्रमित भएर न्यूयोर्कस्थित अस्पतालमा भर्ना भएका ५० वर्षीय अनिल सुब्बाको मंगलबार बिहान मृत्यु भएको हो।

नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टका अनुसार उनको उपचारका क्रममा निधन भएको हो।

पाँचथरका सुब्बा विगत १५ वर्षदेखि अमेरिका बस्दै आएका थिए। विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण अमेरिका पनि प्रभावित भएको छ।

प्रतिक्रिया