२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

भारतमा ‘लकडाउन’ को उलंघन, मोदीले आज फेरी सम्बोधन गर्दै

1907 Shares
Spread the love

काठमाडौँ । छिमेकी देश भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आज फेरी देशबासीलाई सम्बोधन गर्ने भएका छन् ।

यस अघि चैत्र ६ गते विहिबार सम्बोधन गर्दै आइतबार जनता कर्फ्यु लगाएका मोदीले आजको साँझ ८ बजे विशेष सम्बोधनबाट देशभर कर्फ्यु लगाउन सक्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भारतमा विभिन्न राज्य सरकारले लकडाउनबाट मानिस नियन्त्रणमा नआएपछि कर्फ्यु लगाइसकेका छन् । दिल्ली, महाराष्ट्र र पंजाव राज्यले कर्फ्यु लगाएका छन् भने ३० राज्य लकडाउन रहेको पिटीआईले जानकारी दिएको छ ।

लकडाउन गर्दा पनि विभिन्न राज्यमा मानिसहरु घर बाहिर निस्किएको र सडक जाम देखिएपछि राज्य सरकारहरुपनि कडा रुपमा प्रस्तुत हुने तयारी गरेका छन् ।

भारतमा कोरोना संक्रमणबाट अहिलेसम्म १० जनाको मृत्यु भएको छ भने ५११ जना संक्रमित भएका छन् ।

भारतको महाराष्ट्रमा अहिलेसम्म ११० जना संक्रमित पुष्टि भएको एएनआईले जानकारी दिएको छ ।

प्रतिक्रिया