२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएन यूकेको कार्यक्रममा सहभागीहरुलाई आइसोलेशनमा बस्न त्रिपाठीको आग्रह

1005 Shares
Spread the love

लण्डन । बेलायतको लण्डनमा बस्दै आएकी एक नेपाली महिलाले आफूलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि गरेकी छन् ।कोभिड–१९ पोजिटिभ देखिएपछि सामाजिक अभियन्ताको कामसमेत गर्दै आएकी भगवती रानाभाट अस्पताल भर्ना भएकी हुन् । सामाजिक संजालमा आफ्नो फोटो र स्टाटस पोस्ट गर्दै उनले सबैलाई सचेत बन्न पनि आग्रह गरेकी छिन् । उनले यो संक्रमण अत्यन्तै पीडादायी हुने उल्लेख गर्दै १३ दिनसम्म पनि अत्यन्तै पीडा भइरहेको बताएकी छिन् ।

पारिवारिक श्रोतका अनुसार, गत ८ तारिख दिउँसो उनी लन्डनको भेन्यू फाइभमा एनआरएन यूकेद्वारा आयोजित अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा सहभागी भएकी थिइन् । त्यसको भोलिपल्ट ९ तारिख मध्यरात १२ बजेदेखि उच्च ज्वरोले सताएको थियो ।

एनआरएन यूकेका निबर्तमान महासचिब राजकुमार त्रिपाठीले उक्त कार्येक्रममा उपस्थित सबैलाई १४ दिन आइसोलेशनमा बसिदिन अनुरोध गरेका छन् ।

त्रिपाठीको भनाइ जस्ताको तस्तै :

आदरणीय महानुभाब हरु ‘ नमस्कार | सबैलाई थाहा छ कारोना भाइरस संक्रमण तिब्र छ। हिजो मात्र आदरणीय भाउजु भगबती रानाभाट मा यो कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। उहाँ पश्चिम लण्डनको एक अस्पतालमा आइसोलेशन मा हुनुहुन्छ।

वहाँ सम्मिलित कार्यक्रम भेटघाट र स्थल हेर्दा वहाँ NRN A युके द्वारा आयोजीत NRNA युके महिला फोरमले गरेको कार्यक्रममा उपस्थिती भएको थाहा हुन आएको छ। । कोरोना भाइरस कहाँ बाट कसरी संक्रमित भयो ? कसैलाई थाहा छैन।

यहाँ म के निवेदन गर्न चाहन्छु भने यि माथी उल्लेखित कार्यक्रम १४ दिन भित्र पर्दछन्। सांसार ले नै लकडाउन गरेको अबस्था र यदि आफूले समारोहमा सहभागी हुँदा उक्त कार्यक्रममा सहभागी भएको कसैमा कोरोना संक्रमण देखिएमा क्वारेन्टाइन मा अनिवार्य बस्नु पर्ने संसारका सबै देशले जारी गरेको गाइडलाइन अनुरोध लाई अनिवार्य पालना गर्नुपर्ने देखिन्छ।

तसर्थ त्यस कार्यक्रममा जानुहुने सबैलाई आइसोलेशन मा बसिदिन अनुरोध गर्दछु। कृपया लाज झर्को नमानी दिनु होला। यो रोग भयाबह छ। वा त्यस कार्यक्रममा उपस्थिती हुने महानुभाब हरु सकेसम्म केही दिन अन्य महानुभाब संग प्रत्यक्ष संपर्क नगरिदिनु हुन अनुरोध गर्दछु। यो अपुष्ट हुन पनि सक्छ।

NRNA युके लाई कार्यक्रम सहभागीता उपलब्ध सर्वसाधारण माझ को को उपस्थित थिए ? उपलब्ध गराईदिनु हुन अनुरोध गर्दछु। आदरणीय भगबती रानाभाटको तिब्र स्वास्थ्य लाभ संगै आइसोलेशन मा बस्नु भएका डा मिन रानाभाट र संपूर्ण परिवारको स्वास्थ लाभको कामना गर्दछु।- आरके त्रिपाठी- लण्डन

प्रतिक्रिया