3288
Shares
लण्डन । साउथ इष्ट लण्डनको प्लमस्टिडमा बसोबास गर्दै आएका ४० वर्षीय प्रशान्त अर्यालको निधन भएको छ ।
उनलाई निवासमै अस्वस्थ भएपछि एम्बुलेन्स बोलाई शनिबार क्वीन एलिजावेथ अस्पताल, उलीच लण्डनमा लगिएको थियो ।
गए राति उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
चितवन बसैनी घर भएका अर्याल करिब २३/२४ वर्षदेखि लण्डनमा बसोबासरत रहेको बुझिएको छ ।
चितवन एड ट्रष्ट युकेका अध्यक्ष जीवन सेनका अनुसार परिवारलाई अस्पतालले उनको निधन भएको जानकारी दिए पनि शव हेर्न दिएको छैन ।उनी श्रीमती र दुई सन्तानका साथ लण्डनमा रहेको बुझिएको छ ।
उनको मृत्युको कारण पत्ता लाग्न ७२ घण्टा लाग्ने बताइएको छ ।