२०८३, २४ कार्तिक सोमबार
×

नेपालमा १ जना कोरोना संक्रमित भेटिए

746 Shares

काठमाडौं। काठमाडौंमा एक जनामा कोरोना भाइरस ( कोभिड-१९) का संक्रमण देखिएको छ।

सोमवार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गर्दै संक्रमण देखिएको बताएका छन्। फ्रान्सबाट कतार हुँदै चैत ४ गते नेपाल आएको १९ वर्षीय किशोरीमा संक्रमण देखिएको हो। उनी विद्यार्थी रहेको मन्त्री ढकालकाे भनाइ छ।

उनको अहिले टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ।

६ सय शंकास्पद स्याम्पल परीक्षण गर्दा एक जनामा मात्रै पोजेटिभ भेटिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो। उनीसँग सम्पर्कमा रहेका सबैलाई क्वारेनटाइनमा राखिएको बताइएको छ।

यसअघि एक जना चीनबाट फर्किएका एक नेपालीमा कोरोना संक्रमण देखिएको थियो। तर उनी उपचारपछि घर फर्किसकेका छन्।

 

प्रतिक्रिया