२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बेलायतमा अलपत्र परेका विद्यार्थीहरुलाई सक्दो सहयोग गरौ

1749 Shares
Spread the love

जीवन गाउँले लण्डन । अहिले बिश्वमा कोरोना भाइरसले आतंक मच्चाएको बेला हामी बेलायतबासी नेपाली पनि अछुटो छैनौं । हामी सबैको मनमा डर, त्रास र कतिपय त यसबाट संक्रमित पनि छौं होला ।

नेपालबाट बेलायत उच्च शिक्षा हासिल गर्न आएका विद्यार्थीहरु अहिले कोरोनाको चपेटामा परेका छन । हाल सम्म मैले देखेको मध्यमा हामी सम्पूर्ण बिदेशीयका बिदेशी नेपालीहरू ९९% निम्न मध्यम बर्गिय नैं छौं ।

हिज तपाई हामी पनि तेहि स्टेज पार गरि आएका हौं । आफ्नो अतीतलाई कहिलै नर्विसौं । हिजरी दिनमा कतिका तेहि बिधार्थी आय श्रोत थिए,भने कति रंगत,पसीना चुस्ने वाश्वो बनेका थिए।

कुरा आयो नेपालबाट आउदा देखाएको बैंक ब्यलेन्स यदि तपाई हामी यहाँ नभएर नेपालमैं भएको भए, जसरी बिदेसीएका आम विद्यार्थीले गरेका छन त्यसरी नैं गरिन्थियो । हामी बेलायती नेपालीको छोराछोरीहरूले उच्च शिक्षा लिदा ९५-९९% स्टुडेन्ट लोन मैं पढदछौं फरक यति हो,यहाँका विद्यार्थीलाई करकारले ऋण दिन्छ नेपालबाट आएकाले आफै कमाएर तिर्छन । त्यसैले नेपालबाट पढन आएका विद्यार्थीलाई घृणा हैन सकिन्छ सहयोग गरौं सकिदैन हौंसला दिऊ ।

बेलायतमा ३०० भन्दा बढी संग संगठनहरू छन विद्यार्थी प्रति मैले तेती धेरै कसैको अग्रसरता देखि्दन । नेपालीको छात्ता संगठन कसलाई भन्नु बिधार्थी कुनै संगठनमा अटाउदैन्न । बिचरा दु:ख पाएका बिधार्थीले कत्रो आशमा हुन्छन,तर के गर्ने छाहारी बिनाको रूख जस्तै हुन्छन । हाम्रा बेलायती समाजसेवी हरूको भाषण र फेसबुकका भित्ताहरूमा भन्छन यो र त्यो गर्छु भनेर तर ब्यबहारमा भने कमै ले मात्रामा लागु हुन्छ। खोक्रो समाजवादी हुन सबैलाई मन लाग्छ रियलमा सहयोग गर्ने धेरै कम हुन्छन।

दु:ख पर्दा सकिन्छ सबैलाई सहयोग गरौं भोली कस्ले देखेको छर पालो तपाई हाम्रो पनि आउन सक्छ।मेरो यो १२ बर्षको भित्रको भोगाई र देखेको कुरालाई शब्दमा उतारेको मात्र हो यदि कसैको ब्यक्तिगत रूपमा ठेस पुगेमा क्षमा चहानेछु ।

प्रतिक्रिया