२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

हेलिकप्टरबाट ‌औषधि छर्किने हल्ला मात्र हो : नेपाली सेना

1164 Shares
Spread the love

काठमाडौं: शनिवार बिहानदेखि नै सामाजिक सञ्जालमा कोरोना सम्बन्धी एउटा सूचना भाइरल भयो। केही अडियो समेत सार्वजनिक भयो। सुचना आज राति ( शनिवार) कोरोना भाइरसको संक्रमण रोक्न हेलिकप्टरबाट किटनाशक औषधि छर्कने भन्ने थियो।

धेरैले सूचनालाई सत्य समेत मान्दै शेयर गरेको पाइयो। तर, नेपाली सेनाले यसबारे कहीँकतै औपचारिक जानकारी दिएको पाइएन। अन्ततः यो सूचना गलत भएको पुष्टि भएको छ। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सूचना गलत भएको जानकारी दिए।

‘यो अफवाह हो। यस्तोको पछाडि नलाग्नुहोला,’ पाण्डेले भने।

प्रहरीले विपद्को समयमा गलत सुचना र अफहवा फैलाउने व्यक्तिलाई निगरानी राखेको जानकारी दिएको छ। ‘अफवाह फैलाउने मानिसलाई हामी कानुनको दायरमा ल्याउँछौं। त्यसैले कसैले पनि गलत कुरा नलेख्ने गर्नु होला,’ नेपाल प्रहरीका प्रवक्ता डिआइजी शैलेस थापा क्षेत्रीले भने।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-२ ‘सार्वजनिक शान्ति विरुद्धका कसूर’ मा झुट्ठा अफवाह फैलाउन नहुने उल्लेख गरिएको छ। यस्तो गरिएमा एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ व्यवस्था छ।

प्रतिक्रिया