२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

कोरोनाको अफवाह फैलाउने अडियोबारे प्रहरीबाट अनुसन्धान सुरु

916 Shares
Spread the love

काठमाडौं: कोरोनाबारे सामाजिक सञ्जालमा अफवाह फैलाउने भाइरल अडियोबारे नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रहरीको साइबर ब्यूरोले उक्त अडियोबारे अनुसन्धान गरिररहेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए। ‘अडियो अफवाह भएको पत्ता लागेपछि नर्भिक अस्पताललाई विज्ञप्ति जारी गर्न आग्रह गरेका छौं। साइबर ब्यूरोले अनुसन्धान अघि बढाएको छ। अफवाह फैलाउनेलाई कारवाही हुन्छ’, प्रवक्ता थापाले भने।

सामाजिक सन्जाल फेसबुकको मेसेन्जरमा भाइरस उक्त अडियोमा नर्भिक अस्पतालमा ९ जनालाई चेक गर्दा ६ जनालाई कोरोना भाइरस देखिएको उल्लेख छ। अडियोले जबरजस्त नेपालमा कोरोना भाइरस फैलिसकेको भन्दै आतंक सिर्जना खोजेको छ।

नर्भिक अस्पतालले भन्यो : कोरोनाको विरामी छैन

नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीले आफ्नो अस्पतालमा कोरोनाका कुनै विरामी नभएको स्पष्ट पारेका छन्। अडियोमा नर्भिकको नाम नजोडिएपछि चौधरीले ट्वीटरमा लेखेका छन्, ‘यो अत्यन्तै भ्रामक न्यूज हो र नियतवस गरिएको हो। नर्भिकमा यस्ता कुनै पनि बिरामीहरु नभएको जानकारी गराउन चाहन्छु। यस विषयलाई हामीले साइबर क्राइम सेल तथा स्वास्थ्य मन्त्रालयमा जानकारी गराएका छौं। हामी सबैलाई भ्रममा नपर्न अनुरोध गर्दछौं।’

प्रतिक्रिया