२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

कोरोना भाइरस : नेपाल आउन प्रतिबन्ध लागेका ६६ मुलुक कुन-कुन हुन् ? (सूचीसहित)

1936 Shares
Spread the love

काठमाडौं । सरकारले यूरोप, पश्चिम एसिया, खाडीसँगै, इरान, मलेसिया, दक्षिण कोरिया, जापानबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गर्‍यो । यो प्रतिबन्ध चैत ७ गते शुक्रबार मध्यरातबाट लागू हुँदैछ ।

अब प्रतिबन्धित देशका नागरिक मात्र होइन, त्यहाँ रहेका नेपाली, गैरआवासीय नेपाल कोही पनि नेपाल आउन पाउने छैनन् । साथै प्रतिबन्ध लगाइएका देशलाई ट्रान्जिट बनाएर पनि नेपाल आउन पाउने छैनन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिबन्ध लागेका मुलुकको नाम सार्वजनिक गरेको छ । यसअनुसार नेपालमा कूल ६६ मुलुकका नागरिक र त्यहाँबाट आउने जुनसुकै मुलुकका नागरिकलाई समेत प्रतिवन्ध लागेको छ ।

प्रधिकरणले त्यहीअनुसार उडान व्यवस्थापन गर्न एयरलाइन्स कम्पनीहरुलाई निर्देशन दिएको छ । प्राधिकरणका अनुसार यूरोपका ४५ देशबाट नेपाल आउन रोक लगाइएको छ । पश्चिम एसिया र गल्फका १९ देशका साथै इरान, मलेसिया, जापान र कोरियाबाट पनि आउन पाइने छैन ।

यूरोप 

रसिया, जर्मनी, बेलायत, फ्रान्स, इटली, स्पेन, युक्रेन, पोल्याण्ड, रोमानिया, नेदरल्याण्ड, बेल्जियम, चेक रिपब्लिक, ग्रीस, पोर्चुगल, स्वीडेन, हंगेरी, बेलारुस, अष्ट्रिया, सर्विया, स्वीटजरल्याण्ड, बुल्गेरिया, डेनमार्क, फिनल्याण्ड, स्लोभाकिया, नर्वे, आयरल्याण्ड, क्रोएसिया, मोल्दोभा, बोस्निया हर्जगोभिना, अल्वानिया, लिथुवानिया, नर्थ म्याकडोनिया, स्लोभानिया, लात्भिया, इस्टोनिया, मोन्टेनेग्रो, लक्जेम्वर्ग, माल्टा, आइसल्याण्ड, अन्डोरा, मोनाको, लिचेन्स्टाइन, सानमारिनो, होली सी ।

पश्चिम एसिया र गल्फ

टर्की, इराक, साउदी अरेविया, यमन, सिरिया, अजरवैजान, यूएई, इजरायल, जोर्डन, लेवनान, प्यालेस्टाइन, ओमान, कुवेत, जर्जिया, अर्मेनिया, कतार, बहराइन, साइप्रस, साउदी अरेविया ।

अन्य (४)

इरान, मलेसिया, दक्षिण कोरिया, जापान

प्रतिक्रिया