२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

कोरोना भाइरसबाट मर्नेको सङ्ख्या ९ हजार नाघ्यो

976 Shares
Spread the love

कोरोना भाइरस (कोभिड-१९) सङ्‌क्रमणका कारण विश्वमा मर्नेको सङ्ख्या ९ हजार नाघेको छ। पछिल्ला तथ्याङ्‌क अनुसार शुक्रबार अपरान्ह ५ बजेसम्म कोरोना भाइरस सङ्‌क्रमणबाट मर्नेको सङ्ख्या ९ हजार २ सय ७६ पुगेको छ।

विश्वभर कोरोना भाइरसबाट सङ्‌क्रमितको सङ्ख्या भने २ लाख २५ हजार २ सय ५४ पुगेको छ। शुक्रबारमात्र ३ सय ३३ जनाको मृत्यु भएको छ भने नयाँ ६ हजार ४ सय ६६ जनामा सङ्‌क्रमण देखिएको छ। विश्वका १ सय ७६ देश तथा भूभागमा कोरोना भाइरसका सङ्‌क्रमित भेटिएका छन्। कूल सङ्‌क्रमित मध्ये ४.११ प्रतिशतको मृत्यु भएको पाइएको छ।

कोरोना भाइरस पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेई प्रान्तको राजधानी उहानमा देखिएको थियो। त्यसयता चीनमा मात्र ८० हजार ९ सय २८ जनामा यसको सङ्‌क्रमण भएको छ भने जसमध्ये ३ हजार २ सय ४५ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २ दिनमा भने चीनमा कोरोना भाइरसका स्थानीय बिरामी एक जना पनि भेटिएका छैनन्। जति पनि अहिले चीनमा सङ्‌क्रमित देखिएका छन् उनीहरू विदेशबाट आएकाहरू हुन्।

पछिल्लो साता चीनमा सङ्‌क्रमित घटे पनि खाडी, युरोप र अमेरिकामा सङ्‌क्रमितको सङ्ख्या तीव्ररूपमा बढेको छ। इटाली, इरान, स्पेन, जर्मनी, अमेरिका, फ्रान्स, दक्षिण कोरिया, स्वीट्जरल्यान्ड, बेलायत, नेदरल्यान्ड्स, अस्ट्रिया र बेल्जियममा कोरोना भाइरस तीव्ररूपमा फैलिरहेको छ।

इटालीमा कोरोना भाइरस सङ्‌क्रमितको सङ्ख्या ३५ हजार ७ सय १३ पुगेका छ, जसमध्ये २ हजार ९ सय ७८ जनाको मृत्यु भएको छ। इरानमा सङ्‌क्रमितको सङ्ख्या १८ हजार ४ सय ७ पुगेको छ। यीमध्ये १ हजार २ सय ८४ जनाको मृत्यु भइसकेको छ।

स्पेनमा शुक्रबार कोरोना भाइरसका सबैभन्दा बढी बिरामी थपिएका छन्। शुक्रबार स्पेनमा २ हजार ३ सय ७८ नयाँ बिरामी थपिएका हुन्। योसँगै स्पेनमा कूल कोरोना भाइरस सङ्‌क्रमितको सङ्ख्या १७ हजार १ सय ४७ पुगेको छ जसमध्ये ७ सय ६७ जनाको मृत्यु भइसकेको छ।

जर्मनीमा १३ हजार ८३ सङ्‌क्रमितमध्ये ७ सय ५६ जना, अमेरिकामा ९ हजार ४ सय ६४ सङ्‌क्रमितमध्ये १ सय ५५ जना, फ्रान्समा ९ हजार १ सय ३४ सङ्‌क्रमितमध्ये २ सय ६४ जना, दक्षिण कोरियामा ८ हजार ५ सय ६५ सङ्‌क्रमितमध्ये १ सय ५२ जना, स्वीट्जरल्यान्डमा ३ हजार २ सय २० सङ्‌क्रमितमध्ये १ सय ५ जना र बेलायतमा २ हजार ६ सय २६ सङ्‌क्रमित मध्ये १ स ४ जनाको मृत्यु भइसकेको छ। छिमेकी भारतमा कोरोना भाइरसका सङ्‌क्रमितको सङ्ख्या १ सय ७४ पुगेको छ जसमध्ये ४ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया