2525
Shares
काठमाडौं, नेपाल प्रहरीले कोरोना भाइरसको नाममा कोलोबजारी गर्नेलाई तत्काल कारवाही गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयमा भएको छलफल पछि प्रमुख आयुक्त विश्वराज पोखरेलले कोरोनाको नाममा मौलाएको कालोबजारी नियन्त्रण गर्न प्रहरीले सहयोग गर्ने बताए ।
उनले दैनिक उपभोग्य सामग्री लुकाएर कृतिम अभाव बनाउने व्यापारीमाथि कारवाही गर्ने बताए ।
उनले कोरोना भाइरस संक्रमणको रोकथामका लागि आफू सुरक्षित रहेर आम नागरिकको सेवामा बढ्ने रणनीति समेत तय गरिएको जानकारी दिए ।