२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

के लण्डन लकडाउन हुदैछ ?

2747 Shares
Spread the love

लण्डन । कोरोना भाइरस (कोभीड १९) को बढ्दो प्रभावका कारण बेलायतका विद्यालयहरु आउँदो शुक्रबारदेखि अनिश्चित कालका लागि बन्द गरिने प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । स्कटल्याण्ड र वेल्सका विद्यालयहरु शुक्रबारबाट बन्द गरिने घोषणा यस अघि नै गरिसकेका छन् भने नर्दर्न आएरल्याण्डका स्कुलहरु पनि बन्द गरिनेछ । धेरै मानिसहरुले अनुमान गरिएका छन् कि अब ब्रिटेनको राजधानी चाँडै “लकडाउन” लगाईदै छ । बेलायतको पत्रिका टेलिग्राफले रिपोर्ट गरेको थियो कि “साताको अन्त्यमा” यो हुनसक्छ भनेर ।

तर क्याबिनेट मन्त्री गेविन विलियम्सनले रेडियो ४को टुडे कार्यक्रममा सरकारले “अहिले यो गर्ने योजना छैन ” भने तर प्रधानमन्त्रीले “कठोर निर्णयहरू” गर्नसक्ने बताए ।

बुधबार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई एक पत्रकारले युरोपेली शहरहरू जस्तै सम्भावित बन्दको सामना गर्नुपर्छ कि भन्ने प्रस्न सोध्दा उनले “कुनै खासै जवाफ दिन नसकेको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया