२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

कोरोना आशंका गरिएका बिरामीले अस्पतालमै गरे आत्महत्या

1271 Shares
Spread the love

भारत : कोभिड-१९ कोरोना भाइरसको आशंका गरिएका बिरामीले दिल्लीको सफदरजंग अस्पतालबाट हाम्फालेर आत्महत्या गरेका छन्। प्रहरीका अनुसार अस्पतालको सातौं तलाबाट हाम्फालेर आत्महत्या गरेबा हुन्। उनको उमेर बाहेक अन्य परिचय नखुलाएको हिन्दुस्तान टाइम्सले जनाएको छ। उनको उमेर ३५ वर्ष रहेको बताइएको छ।

उनी हालसालै अस्ट्रेलियाको सिड्नीबाट फर्किएका थिए। अस्पतालका एक कर्मचारीको उद्धृत गर्दै  हिन्दुस्तान टाइम्सले लेखेको छ- मृतकका नमूनाहरू कोरोना भाइरस परीक्षणको लागि पठाइएको थियो तर परिणाम अहिलेसम्म उपलब्ध छैन्।

दक्षिण पूर्व दिल्लीका डीसीपी देवेन्द्र आर्यले भने ‘यी व्यक्तिहरू पंजाबको शहीद भगतसिंह नगर जिल्लाका थिए र गत एक वर्षदेखि सिड्नीमा थिए। ‘दिल्लीको इंदिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एयर इण्डियाको उडानमा उडान पछि उनलाई टाउको दुखेको गुनासो गरेका थिए। एक नोडल अफिसरले हामीलाई सूचित गरे जस पछि उनलाई बुधबार राति 9 बजे सफदरजंग अस्पताल लगिएर भर्ना गरिएको थियो।’

उनको परिवारले उनलाई एयरपोर्टमा भेटे र उनी उनीहरूसँग अस्पताल आएका थिए। प्रहरीले उनीहरूको मृत्युको बारेमा परिवारलाई जानकारी गराएको छ र पोष्टमार्टमको रिपोर्ट आउन बाँकी छ।

प्रतिक्रिया