२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

बेलायतका विद्यालयहरु अनिश्चितकालका लागि बन्द रहने

1985 Shares
Spread the love

लन्डन । कोरोना भाइरस (कोभीड १९) को बढ्दो प्रभावका कारण बेलायतका विद्यालयहरु आउँदो शुक्रबारदेखि अनिश्चित कालका लागि बन्द गरिने प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । स्कटल्याण्ड र वेल्सका विद्यालयहरु शुक्रबारबाट बन्द गरिने घोषणा यस अघि नै गरिसकेका छन् भने नर्दर्न आएरल्याण्डका स्कुलहरु पनि बन्द गरिनेछ ।

बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०४ पुगिसकेको छ भने कोरोनाबाट सक्रमित हुनेको संख्या २ हजार ६ सय २६ पुगेको छ । हिजो मंगलबारसम्म संक्रमितको संख्या १ हजार ९ सय ५० रहेको थियो । बेलायतमा ५६ हजार दुई सय २१ जनाको परिक्षण गरिएकोमा ५३ हजार पांच सय ९५ जनामा कोरोना भाइरस नदेखिएको यहाँको स्वास्थ्य विभागले जनाएको छ ।

कोरोना भाइरस परिक्षणलाई अझ तीव्र बनाउने उद्देश्यले दुई गुणा बढाउने तयारी भैरहेको सरकारले बताएको छ । बेलैमा सावधानी नअपनाउने हो भने बेलायतमा मात्र २ लाख ५० हजार मानिसको मृत्यु हुने इम्पेरीयल कलेज लण्डनका विज्ञहरुले प्रतिवेदन बुझाइसकेका छन् ।

प्रतिक्रिया