२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

भोलिदेखि भारत नाका बन्द ?

1282 Shares
Spread the love

काठमाडौं । विश्वभर फैलिएको कोरोना संक्रमण भित्रिन नदिन अनेक उपाय अपनाइरहेको सरकारले भारततर्फकना काबाट समेत मानवीय आवतजावत रोक्ने तयारी गरेको छ ।

कोभिड १९ संक्रमण विश्वभर फैलिँदै गएपछि नेपालसँग जोडिएका उत्तरी छिमेकी मुलुक चीनका सबै नाका बन्द भइसकेका छन् भने सरकारले दक्षिणी छिमेकी भारतसँगका नाकाबाट समेत मानवीय आवतजावत रोक्ने तयारी गरेको छ । तर भारतबाट हुने अत्यावश्यक सामग्रीको आयात भने रोकिने छैन ।

स्रोतका अनुसार सम्भवतः बिहीबारबाट भारतसँग जोडिएका नाकाहरुबाट मानवीय आवतजावत रोक्ने सरकारको तयारी छ । सो विषयमा बुधबार परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी र नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्राबीच छलफल समेत भएको स्रोत बताउँछ । तर भारत तर्फको स्पष्ट जवाफ आइसकेको छैन ।

हाल भारतसँगका नाकाहरुबाट नेपाली तथा भारतीय नागरिक निर्वाधरुपमा आवतजावत गर्दै आइरहेका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या १ सय ३७ देखिएको छ भने हालसम्म तीन जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया