1543
Shares
काठमाडाैं- कोरोना भाइरसका कारण फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युराे कप एक वर्षका लागि स्थगित भएको छ। युरोपियन फुटबलको गर्भनिङ्ग बडी युएफाले एक भिडियो कन्फ्रेन्समार्फत युरो कप अब २०२१ मा गर्ने निर्णय गरेको जानकारी गराएको हो।
यो प्रतियोगिता यो वर्ष १२ जुनदेखि १२ जुलाइका बीचमा हुँदै थियो। अब अर्को वर्ष ११ जुनदेखि ११ जुलाइसम्म हुने उसले जनाएको छ। युरो कप स्थगित भएपनि युरोपियन लिग भने हालसम्म स्थगित भएको छैन।