1810
Shares
लन्डन । कोरोनाभाइरस प्रकोपबाट जोगाउन सरकारले नयाँ उपायहरू घोषणा गरेपछि लन्डनका सबैभन्दा लोकप्रिय स्थल वरपरका सडकहरू सामान्य भन्दा धेरै शान्त देखिएका छन् ।
प्रधानमन्त्री बोरिस जोनसनले मानिसहरूलाई सामाजिक सम्पर्कबाट टाढा रहन, जहाँबाट सम्भव भए घरबाट काम गर्न चेतावनी दिए र मानिसहरूलाई पब, बार र रेष्टुरेन्टबाट टाढा रहन सल्लाह दिएका थिए ।
बेलायतमा अहिलेसम्म १९५० जना मानिसलाई कोरोना भाइरसको संक्रमण भएको छ भने मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

तस्बिर बीबीसी