लण्डन । प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाभाइरस विरुद्ध लडाई गर्न कोसिस गर्ने नयाँ उपायको रूपरेखा लिदै अब ‘कडा’ हुनुपर्ने आवश्यक रहेको बताएका छन् ।
सरकारको दैनिक ब्रीफिंगको पहिलो पत्रकार सम्मेलनमा , प्रधानमन्त्री जोसनले भनेका छन् कि ‘अब सबैको लागि अनावश्यक सम्पर्क रोक्न र सबै अनावश्यक यात्रा बन्द गर्ने समय आएको छ’ ।
उनले जनतालाई सम्भव भएसम्म घरबाट काम गर्न र पब, क्लब र थिएटरबाट अलग रहन आग्रह गरेर भने कि बिरामी भएको घरको मानिस नि १४ दिन सम्म घरमै बस्नु पर्छ र सम्भव भएसम्म दैनिक समानहरुको भण्डारण गर्नु र बाहिर न निस्किनु ।
बेलायतको आपतकालिनका लागि वैज्ञानिक सल्लाहकार समूहका (सेज) अनुसार , ‘यस्तो देखिन्छ कि हामी अहिले गम्भीर मोडमा छौ ।’ कडा कदम न लिएमा हरेक पाँच वा छ दिनमा,केस दोब्बर हुनसक्दछ उनले ‘प्रधानमन्त्रीलाई चेतावनी दिए ।
बेलायतमा अहिले सम्म १५४३ जना कोरोनाभाइरस संक्रमित छन् भने ५५ जनाको निधन भएको छ ।