२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

कोरोना संक्रमण : चीनमा घट्दै, अमेरिका, इटली, इरान र दक्षिण कोरियामा बढ्दै

1081 Shares
Spread the love

काठमाडौं,  कोरोना भाइरस (कोभीड १९)को उद्गम स्थल चीनमा संक्रमण दर घट्दै गइरहेको बेला विश्वभर कोरोना संक्रमणको तीव्र रुपमा फैलिरहेको छ । विश्वका १ सय १५ देशभन्दा बढीमा काेराेनाकाे संक्रमण दर बढिरहँदा चीनमा भने कोरोनाको संक्रमण उल्लेख्य मात्रामा घटेको पाइन्छ ।

केही दिन यता काेरानकाे उद्गम मानिएको चीनको हुपै प्रान्तको वुहान सहरबाहेक चीनकाे अरू सहर र प्रान्तहरूमा नयाँ संक्रमण देखा परेकाे छैन । विस्तारै चीनको जनजीवन सामान्य बन्दैगएको छ ।

This image has an empty alt attribute; its file name is corona-768x512.jpg

विश्वका विभिन्न विषयसँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वल्र्डओमेटर्सडटइन्फोका अनुसार पछिल्लाे २४ घण्टा भित्र चीनमा एक जनाको पनि मृत्यु भएको छैन । ७ जनामा मात्रै नयाँ संक्रमित थपिएका छन् ।

चीनमा हालसम्म ८० हजार ७ सय ५७ जनाका कोरोनाको संक्रमण देखिएको छ जसमध्ये ६० हजार १ सय ४ जना निको भएर घर फर्किएका छन् । अहिले ८ हजार ५ सय १४ जनामा मात्रै काेराेनाकाे संक्रमण भएकाे वल्र्डओमेटर्सडटइन्फोले जनाएकाे छ ।

तर पछिल्लो समय दक्षिण कोरिया, इटली, इरान, अमेरिका, फ्रन्स, स्पेन लगायतका देशहरुमा तिव्र रुपमा फैलिरहेको विश्व स्वास्थ्या संगठन डब्लुएचओले जनाएको छ ।

पछिल्लो तथ्यांक हेर्दा काेराेनाकाे संक्रमण सबैभन्दा तिव्र गतिमा इटालीमा फैलिरहेको पाइन्छ । चीनपछि सबैभन्दा बढी कोरोनाको सामना गरिरहेको देश इटाली नै हो ।

मंगलबार मात्रै इटालीमा १ सय ६९ जनामो मृत्यु भएको छ भने ९ सय ७७ जना थप कोरोना भेटिएको छ । यो समाचार तयार परिसक्दा इटालीमा ६ सय ३१ जनाले ज्यान गुमाइसकेका छन् भने १० हजारभन्दा बढीमा कोरोनाको संक्रमण देखा परेको छ ।

त्यस्तै मंगलबार इरानमा ५४ जना, दक्षिण कोरियामा ५ जना, स्पेनमा ६ जना, अमेरिकामा ४ जना र फ्रसमा ३ जनाको मृत्यु भएको वल्र्डओमेटर्सडटइन्फोले जनाएको छ ।

This image has an empty alt attribute; its file name is corona01.jpg

याे समाचार तयार परिसक्दासम्म इरानमा ८ हजारभन्दा बढीमा काेराेनाकाे संक्रमण देखा परेकाे छ भने २ सय ९१ जनकाे मृत्यु भइसकेकाे छ । दक्षिण काेरियामा ७ हजार ५ सय १३ जनामा केराेनाकाे संक्रमण भएकाे छ भने ५८ जनाकाे मृत्यु भइसकेकाे छ ।

त्यस्तै अमेरिकामा ३० जनाकाे मृत्यु भइसकेकाे छ भने ९ सय ७५ जनामा संक्रमण देखा परेकाे वल्र्डओमेटर्सडटइन्फो जनाएकाे छ ।

प्रतिक्रिया