लण्डन। बेलायतको केन्ट , आसफोर्डस्थित विगत ४ बर्ष देखि बसोबास गर्दै आएका सुनसरी धरानका युगल लिम्बु मृत अवस्थामा भेटिएका छन्।
३३ बर्षिया लिम्बु गत ७ मार्च , शनिवार दिउँसोबाट सम्पर्कविहीन भएका थिए । नेपालीहरुको निकै बाक्लो जनघनत्व रहेको आसफोर्ड सहरमा युगललाई खोजि गर्न नेपालीहरुले केन्ट प्रहरीलाई निवेदन थिए ।
सुरक्षा गार्डमा कार्यरत लिम्बु शनिवार साझँ आफ्नो सुरक्षा कर्तव्य सके लगतै आसफोर्ड बजारबाट आफ्नो घरतर्फ हिँड्दै गएको सिसिटिभी फूटेजमा देखिएको छ। । प्रहरी हेलिकप्टरद्वारा खोजिएको लिम्बुको शव ‘ भिक्टोरिया पार्क ‘ नजिकैको स्टावर नदिमा सोमबार मृत अवस्थामा भेटिएको छ । लिम्वुको शवलाई पोष्टमार्टमका लागि अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।
भद्र र शालिन स्वभावका लिम्बुको निधन कसरी भयो भन्न नसकिए पनि ‘ स्टावर नदि ‘ नजिकै छुरा प्रहार गरी हत्या गरिएको आंशका गरिएको छ। वेलायती नेपाली समाज भित्र पछिल्लो समय विभिन्न किसिमका जघन्य अपराध घटिरहेको छ।