२०८३, २३ कार्तिक आईतवार
×

सनुप पौडेलको स्वरमा कार्कीको प्रेमउत्सव गीत सार्वजनिक

1667 Shares

लण्डन । बिवाह बर्षगांठमा बैवाहिक जोड़ीलाई मध्यनजर गर्दै गायक सनुप पौडेलको स्वरमा एक प्रेम उत्सव गीत सार्वजनिक भएको छ । युवा संगीतकार शिखर संतोसको संगीत रहेको गीत लण्डनमा छायाँकन गरिएको म्युजिक भिडियोको निर्देशन तथा सम्पादन राजदिप राईले गरेका हुन् ।

म्युजिक भिडियोमा गीतका रचनाकार जगन कार्की र उर्मिला थापा “सन्तु“ ले अभिनय गरेका छन् ।  बेलायतमा भिडियो ग्राफी र फोटोग्राफीमा स्थापित नाम प्रोडक्सन ३ द्वारा तयार गरिएको भिडियोको प्राविधिक संयोजन एजर श्रेष्ठले गरेका हुन् ।

“ म्यारिज एनिभर्सरिलाई नै मध्यनज़र गरेर बनेको गीत शायद यो नै पहिलो हुनु पर्छ, उपलब्ध स्रोत र साधनको प्रयोगबाट बनेको यो एक उत्कृष्ट कृती रहेको श्रेस्ठको जिकिर छ। बैवाहिक बर्ष गांठमा सुन्न, नाच्न मिल्ने नेपाली गीत नभेटिएकोले आफुले सबैको एनिभर्सरी तथा भयालेंटायन तथा प्रेमीहरूको मिलनको उत्सवमा सुन्न , बजाउन र नाच्न मिल्ने गरी गीत लेख्ने जमर्को गरेको रचनाकार कार्कीले बताए ।

भिडियो :

प्रतिक्रिया