२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

सापकोटाको अध्यक्षतामा बार्सिलोनामा जी पी फ़ाउन्डेशन कीन ?

2122 Shares
Spread the love

भोला लामिछाने , यूरोप । ९ मार्च २०२० / नेपाली दाजुभाई दिदीबहीनीहरू प्रवासमा रहे पनी नेपाली राजनितीमा चासो भने लिईरहेका छन् । यसको ज्वलन्त उदाहरण हो पूर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको जीपी कोइराला फाउण्डेशनको बार्सिलोनामा स्पेन शाखा गठन ।

लामो समय बार्सिलोना बसोबास गर्दै नेपाली कॉंग्रेस पार्टी को भातृ संगठनमा आवद्द हुदै आएका नेपाली जन सम्पर्क समिती स्पेनका वर्तमान उपाध्याय राम बाबु सापकोटाको अध्यक्षतामा बनेको नया कार्यसमिती सगै बार्सिलोनाको राजनिती तातीएको छ ।नेपाली काँग्रेसका हितका लागि आउँदा दिनहरूमा अझै शसक्त रूपमा लाग्ने प्रतिबद्दता गरेको उक्त कार्यसमितीको कार्यक्रम हरू भने हेर्न बाकी नै छन् ।

काङ्ग्रेस नेतृ सुजाता कोइरालाले स्थापना गरेको यस फ़ाउन्डेशन विश्वका बिभीन्न देशहरूमा शाखा विस्तार गरिएको छ । मुख्यतः नेता गिरीजा प्रसाद कोइरालाको प्रजातन्त्र, शान्ति र विकास अवधारणाको सपनालाई साकार पार्ने उद्देश्यका साथ बिभीन्न समिती र शाखाहरू गठन हुदै आईरगेका छन् ।

देशको बदलिदो राजनितीक र सामाजीक परिवेश अनुसार फ़ाउन्डेशनले छुट्टै रचनात्मक कार्यहरू गर्नेछ स्पेनबाट जोशीला यूवाहरूको जमात लाई समेटिएकोले साथीहरू सक्रिय हुनुहुनेछ भन्नेमा पुर्ण विश्वस्त रहेको अध्यक्ष सापकटाले बताएका हुन् । जुन सुकै पार्टीको किन नहोस् खराबलाई खराब र असल लाई असलै भन्न नहिच्किचाउने सापकोटा खरो स्वभावका छन् ।

नेतृ सुजाता कोईराला संग शाखा विस्तारको कुरा लामो समय देखी भएको थियो तर हाल आएर पुर्णता पाए सगै यसको लागी केन्द देखी पहल गर्ने अग्रजहरू नेपाली जनसम्पर्क समिती स्पेनका सभापती , सल्लाहकारहरू ,सबै यूरोप क्षेत्रका नेपाली जन सम्पर्क संस्थामा आस्था राख्ने सहयोगीहरू लगायत दाजुभाई दिदीबहीनीहरूमा सापकोटाले विशेष धन्यबाद दिए ।

फाउण्डेशनको उपाध्यक्षमा बिजय शर्मा दर्पण र कमल भण्डारी, महासचिवमा एनके भट्टराई, कोषाध्यक्षमा दर्पण केसी रहेका छन् । मुक्ति श्रेष्ठ, बिकाश कंडेल, प्रकाश पुरी, सुरज कुमार न्यौपाने, रेमण्ड शाही, मञ्जु तिवारी, प्रकाश गिरि र हरि शर्मा लगायत सदस्यमा छन् । मुख्यत यस फाउण्डेशन स्पेन गठन भए पश्चात यसले सामाजिक एवं राजनैतिक दुबै क्षेत्रमा सक्रिय भएर लाग्ने अध्यक्ष राम बाबु सापकोटाले बताएका छन् ।
प्रजातन्त्र, शान्ति र विकास को लागी GP कोइराला फाउण्डेशन को आधीकारीक स्थापना 6 जनवरी २०११ मा काठमाडौं, नेपालमा भएको हो ।

द्वन्द्वको शान्तिपूर्ण समाधानलाई प्रवर्द्धन गर्ने र देशको विकास प्रक्रियालाई तीब्रता दिने उद्देश्यले मुनाफा रहित यस संस्थाले नेपालको महान नेताको दर्शनलाई अँगालेर, जसले आफ्नो सम्पूर्ण जीवन स्वतन्त्रता स्थापना र देश रक्षाको लागि समर्पित गरेका थिए अनुसरण गर्दै अगाडी बढीरहेको छ।

प्रतिक्रिया