२०८३, ६ आश्विन मंगलवार
×

ट्रेन्डिङ

फेसबुकको लण्डन कार्यालय बन्द

1130 Shares
Spread the love

लण्डन । चर्चित सामाजिक सञ्जाल फेसबुकले लण्डन र सिंगापुरस्थित आफ्ना कार्यालय बन्द गरेको छ। कोरोना भाइरसको संक्रमण विश्वव्यापीरुपमा फैलिएपछि फेसबुकले लण्डन र सिंगापुरको कार्यालय बन्द गर्ने निर्णय गरेको एजेन्सीहरुले जनाएका छन्।

यसअघि चीनको संघाईस्थित कार्यालय फेसबुकले बन्द गरेको थियो।

लण्डन र सिंगापुरस्थित कार्यालयका कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएकोसमेत बताइएको छ। कार्यालय पूर्णरुपमा सफाइ भएपछि मात्र खुल्ने फेसबुकले जनाएको छ।

फेसबुक प्रवक्ताका अनुसार सिंगापुरस्थित कार्यालयमा काम गर्ने कर्मचारीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो। कर्मचारीहरुलाई कार्यालयको सट्टा घरबाटै काम गर्ने वातावरण मिलाएको बताइएको छ।

त्यसका अलवा फेसबुकले दक्षिण अफ्रिका, फ्रान्स, सान फ्रान्सिस्कोका कर्मचारीहरुलाई घरमबाटै काम गर्न भनेको छ।

प्रतिक्रिया