लण्डन । गैर आबासिय नेपाली संघ बेलायतमा भएको आर्थिक अपचलनको छानबीनको माग गर्दै एनआरएनए अध्यक्ष कुमार पन्तलाई कालो झण्डा देखाइएको छ । धादलीपूर्ण मतदान प्रकृयाबाट निर्बाचित गरिएको आरोप लागेको एनआरएनए एनसीसी बेलायत सुरुवाती बिबाद उत्कर्षमा पुगेको हो ।
एनआरएनए यूकेको सम्मान कार्यक्रमविरुद्ध कार्यसमितिकै चार उपाध्यक्षहरुले विद्रोह गरिसकेका थिए। बिहीबार अल्डरसटमा हुने तयारी भइरहेको संस्थापक र सल्लाहकारहरुको सम्मानको पूर्व सन्ध्यामा एनआरएनए यूकेका ४ उपाध्यक्षहरु प्रेम गाहामगर, नारायण कंडेल, रामचन्द्र पोखरेल र मोहन कार्कीले संयुक्त प्रेस सम्मेलन मार्फत उक्त कार्यक्रम विधान विपरीत भएको जनाउदै विद्रोह गरेका थिए ।
उता अध्यक्ष पुनम गुरुङले कार्यसमितिकै उपाध्यक्ष र कोषाध्यक्ष समेतले थाहा नपाइ आर्थिक संकलन आईसिसी मनोनीत राम शरण सिमखडालाई जिम्मा दिएकी थिईन ।
कार्यक्रमलाई स्थगित गरी कोरोना संक्रमणबाट सर्वसाधारणको स्वास्थ्य र जीवनको लागि जिम्मेवारी प्रदर्शन गर्न छोडेर संघका अध्यक्षकुमार पन्त जर्मनीबाट उड़ेर र महासचिव डाक्टर जस्तो जिम्मेवार व्यक्ति हेमराज शर्मा नै जिम्मेवारी चटक्क बिर्सिएर टीका लगाएर मनोनीत गरिएका एकजना व्यक्तिको लहडमा सम्मान थाप्न उत्रेका थिए ।
आईसीसी अध्यक्ष पन्तलाई एक पक्षले जसरी पनि प्रमुख अतिथीको रुपमा बोलाउने र अर्को पक्षले बिबादित कार्यक्रममा न आउन अनुरोध गरेको थियो । निबर्तमान कार्यसमितिले कारीब चार लाख पाउन्डको हिसाबकिताब नबुझाउदा र निर्वाचन पनि पारदर्शी नहुँदा सर्बसाधारणले छानबिनको माग गरिरहेका छन् । संस्थापक सदस्हरुले बहिस्कार गरेको उक्त विवादित कार्यक्रमको लाइभ भिडीयो र फोटो हेर्दा हल खाली भएको दुश्य देखियो ।
