लन्डन । एनआरएनए यूकेको सम्मान कार्यक्रमविरुद्ध कार्यसमितिकै चार उपाध्यक्षहरुले विद्रोह गरेका छन् । बिहीबार अल्डरसटमा हुने तयारी भइरहेको संस्थापक र सल्लाहकारहरुको सम्मानको पूर्व सन्ध्यामा एनआरएनए यूकेका ४ उपाध्यक्षहरु प्रेम गाहामगर, नारायण कंडेल, रामचन्द्र पोखरेल र मोहन कार्कीले संयुक्त प्रेस सम्मेलन मार्फत उक्त कार्यक्रम विधान विपरीत भएको जनाउदै विद्रोह गरेका हुन् ।
पत्रकार सम्मेलनमा उपाध्यक्ष प्रेम गाहामगरले सरसल्लाहबिना कार्यक्रम गरिएको बताए । “आयव्ययको पारदर्शीता केही छैन्, आर्थिक घोटालाको मुद्दा छानवीन नहुंदा बेलायतवासी गैरआवासीय नेपालीले प्रश्न गरिरहेको बेला यस्ता कार्यक्रम गर्नु औचित्य छैन”, उनले भने । उपाध्यक्ष गहामगरले दुई बर्षमा एक पटक बेलायत आएर एनआरएनए यूके पुर्वअध्यक्ष डमर घलेले समाज भाडेको आरोप लगाए ।”
उपाध्यक्ष गाहामगरले एनआरएनए यूकेको आर्थिक घोटालामा पूर्वअध्यक्ष, निर्वाचन समितिलगायतका संलग्नता रहेको दावी गरे । “प्रमुख अतिथी को हो, विशेष अतिथी को हो थाहा छैन् । ६ मध्ये एक अकाउन्ट चलाएको छ । ३ सय पाउण्डमात्र आएको छ । सल्लाहकारहरु थाहा नै नदिई ४७ जना एउटै जातीय संस्थाबाट आएका छन्”, उनले भने, ७ जना आइसीसी सदस्यअरु मनोनित हुनुभएको छ । अब तर्पाईहरु चुप लबगेर नबस्नुस् । एनसीसीमा एकजना मनोनित सदस्यले हस्तक्षेप गरे ।
मोहन कार्कीले एनआरएनए भित्र भएका एकलौटी निर्णयका बारेमा सवैलाई जानकारी गराउन र असन्तुष्टि व्यक्त गर्न पत्रकार सम्मेलन बाध्य भएर गर्नु परेको जनाए । “जनवरी १९ को बैठकले संयोजक रामशरण सिम्खडालाई तोकिंदा म होलिडेमा थिएं । विधि विधानले कार्यसमितिका पदाधिकारीलाई थाहा नदिइ कोरोना भाइरसको संक्रमणका बेला रद्द गर्नु पर्ने ठाउंमा झन् कार्यक्रम गरिनु प्रवृत्तिले एनआरएनएको झन विवादमा लैजान्छ” उनले भने, “त्रुटी छ , कार्यक्रम स्थगित गरियोस् ।” यसबारेमा केन्द्रिय अध्यक्ष, महासचिवलाई अवगत गराइसकेको जानकारी उनले दिए ।
रामचन्द्र पोखरेलले संस्थाको हकहितका लागि काम गर्न खोज्दा पनि एकपक्षिय निर्णय गर्दै जाने प्रवृत्तिका विरुद्ध बोल्न बाध्य भएको बताए । उपाध्यक्ष पोखरेलले सल्लाहकारहरुको नियुक्ति र संस्थाको १५ औं वार्षिकत्सव मनाउने कुरा अध्यक्षले अपारदर्शी ढंगले गरेको आरोप लगाए । उनले स्थापना दिवस कार्यक्रमको जिम्मा रामशरण सिम्खडालाई दिइए पनि सम्पूर्ण अख्तियारी दिइएको भन्ने बेहोराको अर्को पत्रले हालको कार्यसमितिलाई नै बाइपास गरेकोमा असन्तुष्टी पोखे । “३३ जनाको कार्यसमिति हुंदा हुंदै खर्च व्यवस्थापन, निमन्त्रणा र अन्य तयारीबारे कुनै जानकारी दिइएको छैन ।
कार्यक्रमको रुपरेखा पनि गोप्य राखिएको छ”, उनले भने, “८० जनाको सल्लाहकार बनाउंछु भनेर अध्यक्षले १६५ जनाको बनाउनुभयो । तर उहांले नाम समेत थाहा नदिइ एकैचोटी नामावली प्रकाशित थाहा पाए । एनआरएनए यूके कायैसमितिमा अनुमोदन गरेपछि सल्लाहकारको नाम निकाल्नु पर्नेमा मन मनलाग्दो गरिएको छ ।”
पोखरेलले लेखा र छानवीन समिति पनि विधान विपरित बनाइएको बताए । ६ महिनाको कार्यकयल त्यत्तिकै बितेकोमा दुःख् व्यक्त गर्दै त्रुटी सच्याएर हिनामिना भएको बारे निष्पक्ष हुनु पर्ने उनको माग थियो ।
उपाध्यक्ष नारायण कंडेलले भोकिा कार्यक्रममा उपस्थित नहुने जनाउ दिए । “संस्थापकहरुप्रति सम्मान नभएको होइन, म उहांहरुप्रति सम्मान गर्न चाहन्छु । १५ औं स्थापना दिवस मनाउन गठित संयोजन समिति बनाउंदा म बैठकमा थिइन् । मनाउने प्रस्ताव र संयोजक तोक्ने अध्यक्षको हो ? व्यक्तिप्रति मेरो आपत्ति छैन् । तर प्रस्ताव ल्याउनु अघि कार्यसमितिसंग सल्लाह, विधान र यसका असरबारे अध्ययन गर्नुभएको छ”, उनले प्रश्न गर्दै भने,”आइसीसी मनोनित सदस्य संयोजक तोकिंदा एनसीसीमा कार्यक्रम गर्ने सक्ष्म व्यक्ति छैनन् भन्ने सन्देश गएको छ । यो कार्यले अध्यक्षकै क्षमतामाथि प्रश्न उठेको छ ।” उपाध्यक्ष कडेलले सिम्खडा कार्यसमितिको कार्यक्षेत्रचित्र प्रवेश गर्न खोजेको बताए । “सर्वाधिकार सम्पन्न कार्यसमिति हो, सिम्खडा होइन् । कि विधानमा कार्यसमितिलाई शुन्य अधिकार दिनुपरयो।”उनले भने।
उपाध्यक्ष कडेलले ४ करोड घोटालाको हामीसंग हिसाव छैन्, छानवीन समितिलाई छायांमा पार्न खोजिएको बताए । “सल्लाहकारहरुको सवालमा बेइमानी भयो । कार्यसमितिलाई अनुमोदन नगरि सम्मान गर्ने कुरा गर्नुभयो” उनले भने, “सल्लाहकारहरुको सम्मान गर्ने कार्य गलत छ । विवादरहित बनाउने र सबल बनाउने मेरो उद्देश्य हो । तर निर्णय प्रक्रियामा बाहिरी मान्छे हावी छ ।”
यसैवीच, एनआरएनए यूके कोषाध्यक्ष तेजेन्द्र रोक्कामगरले १५ आंै स्थापना दिवसका बारेमा समुदायबाट उठाइएको चन्दाका बारेमा अनविज्ञता प्रकट गरे । उनले अध्यक्षलाई पत्राचार गरि एनआरएनएको खाता चन्दा रकम दाखिला गरि त्यहीबाट खर्च गर्न पत्राचार गरिएको जानकारी दिए । कोषाध्यक्ष रोक्कामगरका अनुसार बुधबारसम्म तीन सय पाउण्ड खातामा जम्मा भएको छ । एनआरएनए यूके १५ स्थापना दिवसका कार्यक्रम गर्न र चन्दा उठाउने जिम्मा कार्यसमितिमा छलफल विना आईसिसि सदस्य रामशरण सिम्खडालाई दिएपछि संस्थाको विवाद सतहमा आएको छ । कार्यक्रम गर्न ५ हजार लाग्ने अनुमान गरिएको छ । यसवीचमा संयोजक सिम्खडाले व्यक्तिगत इमेल प्रयोग गरि चन्दा संकलन गरिरहेका छन ।