२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएनको नामै खादामाला संघ राखौ उपाध्यक्ष कार्कि

727 Shares
Spread the love

लण्डन । गैर आवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष मोहन कार्किले एनआरएनए स्थापना दिवसको कार्यक्रमलाई बेमौसमी बाजा भन्दै यो कार्यक्रमलाई रद्ध गर्न आग्रह गरेका छन् । संसार भरी कोरोना भाईरस फैलिरहेको छ । सरकार तथा स्वास्थ्य संस्थाहरु भेला तथा भेटघाटहरु नगर्न आग्रह गरिरहेका छन् । यस्तो बेलामा नेपालीहरुलाइ घरमै बसेर कोरोना भाइरस संक्रमणबाट बच्न सल्लाह दिनुको सट्टा टाढा टाढाबाट सार्वजनिक यातायात प्रयोग गरि आउन विभिन्न माध्यामबाट उर्दि जारी गनुले नेपाली हरुको जिवन प्रति एनआरएन संबेदनशिल छैन भन्ने देखिएको छ । उपाध्यक्ष कार्किले भनेका छन् । हामीलाइ प्राप्त कार्य समितीको पोर्टलमा छलफलका लागि राखिएको उनको बक्तब्यका अनुसार यस्तो बेला यो विवादास्पद कार्यक्रम गरि खादामाला गर्नुको कुनै औचित्य छैन ।

एनआरएनए युके अपारदर्शिता र आर्थिक घोटाला आदिका कारण बदनाम भएको बेला सम्मानका नाममा गलामा लगाएको खादामालाले सोभा नदिने भन्दै कार्किले भनेका छन् । खादा माला भन्दा पहिले हामीले आफुलाई पारदर्शि बनाउन जरुरी छ । एनआरएन युके खादामाला र सम्मानमा मात्र अल्झियो भन्ने गुनासो आइरहेका बेला स्थापना कालदेखिका अभियान्ता र १६५ जनालाई स्वधोषणा मार्फत कथित सल्लाहकार बनाएर खादा मालाको उत्सव मनाउनुको अर्थ नहुने भन्दै उनले भनेका छन् खादामालामा मात्र मरिहत्ते गर्ने भए यो संस्थाको नामै खादामाला संघ राखौ । उपाध्यक्ष कार्किले भनेका छन् । यस अगाडी एनआरएन युकेका उपाध्यक्षहरु प्रेम गाहा मगर, नारायण कडेल, राम चन्द्र पोखरेल र मोहन कार्किले कार्य समिती भन्दा बाहिरबाटै एनआरएन युकेका गतिविधी सन्चालन गर्न थालिएको प्रति सामुहीक रुपमा चिन्ता ब्यक्त गरेका थिए ।

प्रतिक्रिया