२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

क्याट यूकेले नेपालको देवघाट क्षेत्रमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्दै

2019 Shares
Spread the love

लण्डन । बेलायतमा च्यारिटी रजिष्टर्ड संस्था चितवन एड ट्रस्ट (क्याट)युकेले लायन्स क्लब अफ नारायणगढ संगमचोक संग सहकार्य गर्दै देवघाट क्षेत्रमा निशुल्क स्वास्थ्य शिवीर संचालन यहि शनिवार १७ फाल्गुण २०७६(29Feb2020) गर्ने भएको छ ।
क्याट युके बर्षै नै गर्दै आएको स्वास्थशिविर अहिले देवघाट क्षेत्रमा गर्न लागिएको संस्थाका सचिव उपेन्द्र पौडेलले जानकारी दिए ।


श्री सिद्धमहाकाली मा वि देवघाट४ गोहिटारको प्रांगढमा बिहान १० बजेबाट संचालन हुने स्वास्थशिविरमा निशुल्क स्वास्थ परिक्षणको साथै निशुल्क औषधीसमेत बितरण समेत गरिने छ। यस शिविरमा बाल रोग, नेत्ररोग, महिला प्रजनन(गाईनो), जनरल फिजिसियन जस्ता बिशेष सेवा प्रदान गरिने छ। यस निशुल्क स्वास्थशिविरबाट करिब ५००-६०० जनाले प्रत्यक्ष लाभान्वित हुने आशा लिईएको छ ।


उक्त स्वास्थशिविर लाई नेपाल नेत्र ज्योती संघ (भरतपुर आखा अस्पताल), चितवन युवा समूह, सेन्ट्रल अस्पताल प्रा लि भरतपुर लगायत स्थानिय संघ संस्थाहरूले पनि सहयोग रहेन छ । उक्त शिविरमा चितवन एड ट्रस्ट(क्याट) युकेका तर्फबाट संस्थाका संस्थापक अध्यक्ष कपिल श्रेष्ठले नेतृत्व गर्दै संस्थाका पुर्व अध्यक्ष हिमाल गुरुगं, कृष्ण गुरूंग त्यस्तै सल्लाहकार यादव श्रेष्ठ कार्यसमिती लगायत संस्थामा आवद्ध उल्लेखनिय सदस्यहरुको सहभागिता हुने जनकारी संस्थाका अध्यक्ष जीवन सेनले बताए ।

चितवन एड ट्रस्ट(युके)ले देशमा आपत्त बिपत पर्दा संधै अग्रणी भुमिका खेल्दै सहयोग गर्दै आएको छ । बिशेष गरि स्वास्थ र शिक्षामा सहयोग गर्दै आईरहेको भए पनि डा महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्र लगायत, हाम्रो घर , साहित्य परिषद जस्ता दर्जनौ सामाजिक कार्यहरूमा सहयोग गर्दै आइरहेको र हाल भ्रमण बर्ष२०२० लाई सफल पार्न नेपालको लागी पद यात्रा (Walk for Nepal) को कार्यक्रम लण्डनको एक पर्यटक क्षेत्र ग्रिनविच क्षेत्रमा यही १५ मार्च २०२० मा गर्न लागेको ले जानकारी संस्थाका महासचिव टियन रिजाल ले दिए ।

प्रतिक्रिया