लण्डन : गैह्र आवासीय नेपाली संघको स्पोर्ट एकेडेमीमा जीवन सेनलाई प्रशिक्षक नियुक्त गरिएको छ I उनी चितवन एड ट्रष्टका अध्यक्ष पनि हुन । विगत एक दशकदेखि लण्डन बस्दै आएका उनीसंग विभिन्न सामाजिक संघ संस्थामा लामो समय काम गरेको अनुभव छ ।
को हुन जिवन सेन ?
लण्डन बस्दै आएका सेन चितवनका स्थायी बासिन्दा हुन । सेन राष्ट्रिय खेलकुद परिषद नेपालमा १२ वर्ष कराते सहायक प्रशिक्षकका रूपमा काम गरी सकेका छ्न । उनी करातेका थर्ड डन पनि हुन । राष्ट्रिय खेलकुद परिषदमा लामो समय रेफ्रीको रुपमा काम गरेको अनुभव पनि उनीसँग छ । विभिन्न सामाजिक संघ संस्थामा आवद्ध उनी युवा व्यवसायीका रूपमा परिचित पनि छ्न ।
गैह्र आवासीय नेपाली संघले विभिन्न विशेषज्ञहरूलाई समेटेर जिम्मेवारी प्रदान गर्दै आएको छ । फलस्वरूप सेनलाई स्पोर्ट एकेडेमीमा प्रशिक्षक सदश्यको जिम्मेवारी दिइएको गैह्र आवासीय नेपाली संघले जनाएको छ ।