२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

सिम्खडालाई व्यवसायीसँग चन्दा उठाउन एनआरएनए यूकेको पत्र

1585 Shares
Spread the love

भोला लामिछाने युरोप । आर्थिकरुपमा झण्डै टाट पल्टिएको गैरआवासीय नेपाली संघ बेलायत(एनआरएनए युके) ले आर्थिक रुपमा बदनाम एक जना व्यक्तीलाई चन्दा उठाउन अनुमति दिएको प्रमाण भेटिएको छ ।
२० जनवरीमा एनआरएनए आईसिसि सदस्य रामशरण सिम्खडाका नाममा लेखिएको पत्रमा एनआरएनए युकेसँग पैसा नभएको जनाउदै चन्दा असुल्न वैधानिक बाटो खोलिदिएको प्रमाण भेटिएको हो ।


एनआरएनए युके अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईद्धारा संयुक्त हस्ताक्षर पत्रमा कार्यसमितिको आर्थिक अबस्था जीर्ण रहेकाले कार्यक्रमका लागि सम्पुर्ण खर्च यहाँकै नेतृत्वमा संकलन गर्न हुन समेत अनुरोध गरिन्छ भन्ने उल्लेख छ ।
तत्कालिन एनआरएनए अध्यक्ष महेन्द्र कडेलले तिनै सिम्खडा माथि आर्थिक घोटाला गरेको आरोप लगाएका थिए । एउटा सामान्य जागिरे सिम्खडालाई एनआरएनए युकेजस्तो संस्थाका नाममा नेपाली व्यापारी तथा बेलायतस्थित नेपाली समुदायसँग चन्दा असुल गर्ने दिने अनुमति वैठकबाट पारित नभएको स्रोत बताएको छ । स्रोतका अनुसार आईसिसि सदस्य मनोनित सिम्खडा घरको मोर्गेज यसरी तिर्दै आएका छन ।


आगामी ५ मार्चमा एनआरएनए युकेले १५ आंै स्थापना मनाउने तयारी गरेकोमा सस्थापक र कार्यसमितिका उपाध्यक्ष्य लगायतका पदाधिकारीहरु , सदस्यहरु र सल्लाहकारहरुले बहिस्कार गर्ने बताएपछि अन्योलमा परेको छ । संस्थापकहरुलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा स्वयं सिम्खडा पनि सम्मानित हुने भनीएका मध्येका एक हुन ।

यसैबीच सिम्खडाका रबर स्टाम्पका रुपमा चिनिएका महासचिब फडिन्द्र भट्टराईले सिम्खडाको इशारामा अध्यक्ष्य पुनम गुरुङलाइ समेत थाहा नदिई केहि व्यक्तिलाई सल्लाहकारको पत्र दिएको समाचार प्राप्त भएको छ ।

प्रतिक्रिया