लन्डन। किरात राई यायोक्खा वेलायतको आयोजनामा ह्यारो फुटबल क्लब, ह्यारो लन्डनमा २२ फेब्रुवरी २०२० सनिवारको दिन च्यारटी डिनर (रात्रीभोज) तथा सुम्निमा पारुहाङ्ग साँझ भव्यताको साथ सम्पन्न भएको छ। वेलायतमा आगामी मे २४, २५ र २६ मा सम्पन्न हुन लागेको किरात राई तेस्रो अन्तराष्ट्रिय सम्मेलन आर्थिक सहयोगार्थ कार्यक्रम आयोजना गरिएको हो।

प्रतिनिधि सभा सदस्य श्रीमती महेन्द्र राई लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य तारा राई, समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य भगवान चाम्लिङ्, जनजाति महासंघ वेलायतको अध्यक्ष जंग सुनुवार, गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का सदस्यहरू शुसिला राई, राम शरण सिंखडा, किरात राई यायोक्खा नेपालका पुर्व अध्यक्षहरू योशोदा राई, डा. सुमाया राई अतिथीको रुपमा उपस्थित रहेका थिए।
अन्य आमन्त्रित अतिथीहरूमा गैर आवासिय नेपाली संघ, यूकेका उपाध्यक्षहरू प्रेम गहामगर, रोजिना प्रधान, गैर आवासिय नेपाली संघ, यूकेका निवर्तमान उपाध्यक्ष तथा सामाजिक अभियान्ता शेर सुनार, नेपाल वेल्फेयर सोसाइटी यूकेका अध्यक्ष धन बहादुर सार्की, जनसम्पर्क समिती वेलायतका उपाध्यक्ष कोपिला सुब्बा लगायत दर्जनौ सामाजिक संस्थाका प्रतिनिधीहरुको रहेका थिए।

कार्यक्रममा गैर आवासिय नेपाली संघ, यूकेका उपाध्यक्षहरू प्रेम गहामगर, रोजिना प्रधान, गैर आवासिय नेपाली संघ, यूकेका निवर्तमान उपाध्यक्ष तथा सामाजिक अभियान्ता शेर सुनार, जनजाति महासंघ वेलायतको अध्यक्ष जंग सुनुवार, गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का सदस्य रामशरण सिंखडा लगायतले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य श्रीमती महेन्द्र राई लिम्बुले शुभकामना मन्तव्य दिनु हुदै किरात राई यायोक्खा वेलायतले किरात राई तेश्रो अन्तराष्ट्रिय सम्मेलन आयोजना गरेर ऐतिहासिक कार्य गर्न लागेको र यस सम्मेलन मार्फत बिश्वभरीको किरात राईहरूको एकता, सद्भाव र सहकार्य मजबुत भएर जाने बताउँनु भयो। उहाँले सम्मेलनको सफलता शुभकामना दिनुहुदैं सम्मेलनको लागी पचास हजार नेपाली रुपैया सहयोग दिने घोषणा गर्नुभयो।

कार्यक्रममा बोल्दै किरात राई यायोक्खा वेलायतका अध्यक्ष कल्पना राईले आफु अध्यक्ष पदको प्रत्यासी बन्दै गर्दा आफ्नो घोषणा पत्रमा किरात राई अन्तराष्ट्रिय सम्मेलन वेलायतमा सम्पन्न गर्ने भनेर उल्लेख गरेको स्मरण गर्दै तेहि एजेण्डा अनुरुप नै किरात राई तेस्रो अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिएको र सम्मेलन सफलताको लागि सबैलाई सहयोगको लागी अपिल गर्नु भयो ।

कार्यक्रम मार्फत सम्मेलनको लागि करिब ६ हजार पाउन्ड (झन्डै ९ लाख रुपैया) संकलन भएको छ। त्यसैगरी सम्मेलनलाई आर्थिक सहयोग पुर्याउँनका लागी मास्टर राष्ट्र राई द्वारा तयार पारिएको प्रथम किराती राजा यलम्बर र सुम्निमा-पारुहाङ्को दुई चित्रलाई लिलाम बढाबढ गरेर ९ सय छब्बीस पाउण्डमा बिक्री गरिएको थियो। कार्यक्रममा भर्खर विधावारधी (PHD) गर्नु भएको डा. मुलवीर राईलाई फेटा गुथेर सम्मान गरिएको थियो।
कार्यक्रममा कवि, गायक तथा साहित्यकारहरू, आनन्द रानोहोछा, सोनाहागं राई (गायक), रमेश राई (गायक), नारा राई (कबि), किसन राई (गायक), बिसी राई (गायक), सुमी राई (गायिका), नैराज राई (कबि), ईश्वर चाम्लिगं (कबि), डिल्लीराम राई (गीतकार), जानुका राई (गायिका) , दिलीप राई (गायक), खरून राई (गायक), किरण चाम्लिगं (कबि), प्रकाश “प्राण” राई (गायक), अलिसा सुच्चा राई लामा (गीतकार), सेमन्त राई (बाँसुरी बादक तथा कवी), सुरेन्द्र राई (गायक), जानुका राइ (गीतकार/ कबि ), शुष्मा रुपाबुङ (कबि / लेखक), सन्जिब पारदर्शी (गीतकार), शुष्मा राई (गायिका), सेलिना राई (गायिका), लिला गोम्देन राई (गायिका) लगायतले विविध प्रस्तुतीहरू दिएका थिए।