२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएनलाई दलाल र भु-माफीयाले फसाए अध्यक्ष पन्त

2704 Shares
Spread the love

भोला लामिछाने, यूरोप
ग़ैर आवासीय नेपाली संघ एन आर एन का आई सी सी अध्यक्ष कुमार पन्तले एन आर एन लाई दलाल र भु माफीयाले फसाएको वताएका छन् । ग़ैर आवासीय नेपाली संघ स्पेनको आयोजनामा बार्सिलोनामा आयोजित एक अन्तरक्रीया कार्यक्रममा एन आर एन को भवन निर्माण गरिएको बालुवाटारको जग्गा प्रकरण को वास्तविकता के हो भनी सहभागीहरूको प्रश्नमा पन्तले हामीलाई दलाल एवं भु माफीयाहरूले षड्यन्त्र पुर्वक फसाएको बताएका हुन्।

चुनाव ताका जस्तो जोश जाँगर हराएको हो की जस्तो देखीने अध्यक्ष पन्तले दुखेसो पोख्दै उक्त जग्गा खरीद गर्नु पुर्व हामीले विश्वासको भरमा काम गर्यौ , यो नै हाम्रो गल्ती भयो उनले थपे ।

संस्थापक अध्यक्ष उपेन्द्र महतो, पुर्व अध्यक्ष शेष घले, जिवा लामीछाने , सबै सग मैले सम्पर्क गरेको छु निवर्तमान अध्यक्ष भवन भट्ट सग कुराकानी हुन पाएको छैन । छिटै कुराकानी गर्दै छु । । मार्च को अन्तीम हप्ता काठमाडौमा छलफल तय भएको छ ,पन्तले वताए ।

आफुले कसैलाई पनी नचिनेको भित्र भित्र बुझ्दै जादा जग्गा कसको हो अझै पत्ता लागीनसकेको पनी पन्तले बताए । एक ले अर्कालाई अर्काले फेरी अर्को लाई देखाईरहनु भएको छ मैले कसैलाई पनी चिन्दीन , आई सी सी लगायत एन सी सी हरूमा पनी यो धेरै छलफलको बिषय बनेको छ धेरै एन आर एन ए साथीहरुले सोधीरहनु भएको छ , छिट्टै हामीले यसको वास्तविकता बताउने छौ पन्तले भने ।

अध्यक्षमा निर्वाचित भएसगै कतार पछी बार्सिलोनामा पहिलो औपचारिक कार्यक्रममा भाग लिएको वताउदै पन्तले संस्थाको आर्थिक विषयमा धेरै कुराहरू आईरहन्छन् तपाईहरूको ५,५ डलरको सहयोग जम्मा भएर नै संस्था चल्ने हो ।

हामीले थुप्रै आयोजनाहरू बनाईरहेका छौ कतिपय शुरूवातको क्रममा छन् । एन आर एन ले गरेका सबैजसो आयोजनाहरूको पहिला बजेट अनुमान एउटा हुने र सम्पन्न हुदै गर्दा लागतमा बृद्दी हुने देखीएको छ र यसलाई पुरा गर्न फेरी चन्दा संकलन गरेर पुरा गर्नु पर्ने बाध्यत्माक स्थीतीले आर्थिक कारोबारहरूमा प्रश्न चिन्ह आउने गरेका हुन् जस्तो मलाई लाग्छ ।

काठमाडौ मा सुविधासहित को नमुना शौचालय हरू बनाउन लागेका छौ र करिब ५ वर्ष हाम्रै स्वामित्वमा रेखदेख संरक्षण गरिने गरी महा नगरपालीका सग सम्झौता पनी भएको छ । यी सबै तपाईहरूको सहयोग बाट नै पुरा हुने हुन् । यसको लागी सबैसग सहयोग को अपेक्षा समेत गरेको छु । अरबौको लगानी हामी नेपाल लग्दै छौ पन्तले थपे ।

एन आर एन चुनावमा धेरै पैसा को चलखेल हुने गरेको विषय सत्य रहेको र एन आर एन को मतदानको विषयमा पन्तले अबका चुनाव बिना पैसा सदस्य बन्न पाउने र चुनाव मा भोट दिन काठमाडौ नगई जहा बसेको छ त्यही देशबाट अनलाईन सिस्टम मार्फत मतदान गर्न पाउने बताए ।

धेरै पैसा हुनी अध्यक्ष अली कम हुनी उपाध्यक्ष यसरी समाजमा वृकृर्ती ल्याउनी र संस्थाको भबिष्यमा मा समेत प्रश्न चिन्ह खडा हुन कत्ती पनी बेर छैन, संस्था दिगो रूपमा जोगाउन यसतर्फ ध्यान दिनु जरूरी छ पन्तले थपे ।

नेपालका परराष्ट मन्त्री माननीय श्र्री प्रदीप कुमार ज्ञवालीको प्रमुख आथित्यतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा ग़ैर आवासीय नेपाली हरू लाई जहा जसरी रहनु भएको छ नेपाली दाजुभाई दिदीबहिनीहरू त्यही आफ्नो कामलाई दक्षता हासील गर्दै बढाएर केही समय तथा लगानी नेपालमा पनी गर्नु सकेको खन्डमा त्यसबाट नेपालमा पनी रोजगारी सृजना हुने र दोहोरो फाईदा हुने बताउदै नेपाल सरकार प्रवास डायस्फोरामा रहेका नेपालीहरूको सुख दुख हरेक समस्यामा साथ दिने प्रतिबद्धता जानाए ।

स्पेनले नेपाली दुताबास पाएको बताउदै काठमाडौ मा स्पेनीस दुताबास निर्माण गर्न पहल गर्ने बताउदै निटक भविस्यमै समय मिलाएर स्पेनका परराष्ट कुटनितीक लेवलमा आफुले भ्रमण तय गर्ने वताउदै दुई देश बिचको कुटनितीक सम्बन्ध लाई अझ बिस्तार गर्ने बताए ।

ग़ैर आवासीय नेपाली संघ स्पेनको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्पेन लगायत पोर्चुगल बेल्जीयम जर्मनी नेदल्यान्ड लगायतका बिभीन्न संघ संस्थाका प्रतिनीधी हरूको उपस्थित रहेको थियो ।

प्रतिक्रिया