२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

‘मारुनी’चलचित्र लिएर अभिनेत्री साम्राज्ञी लन्डनमा : वूलविचमा पनि विषेश शो हुने

3055 Shares
Spread the love

लन्डन । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बेलायत आइपुगेकी छन् । २३ फेब्रुअरीमा लन्डनको अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शनी हुन् गैरहेको नेपाली चलचित्र ‘मारुनी’ को बिषेश शो का लागि अभिनेत्री साम्राज्ञी लन्डन आएकी हुन् ।

उनका साथमा निर्माता पुनम गौतम पनि आएकी छन् । स्थानीय व्यवसायी एवं गैर आवासीय नपाली संघ यूकेका उपाध्यक्ष समेत रहेका सुनिल बाबु खड्काको व्यक्तिगत पहलमा ‘मारुनी’ फिल्मको प्रदर्शन गर्न लागिएको हो । नेपाली भाषा र कलालाई विदेशी भूमिमा रहेका सम्पूर्ण नेपालीहरुमाँझ पुर्याउने उद्देश्यले ६० वर्षभन्दा माथिका वृद्धवृद्धा र १० वर्ष मुनीका बालबालिकालाई निशुल्क प्रवेश मिलाइएको आयोजक खड्काले बताए ।

तेस्तै मार्च १ तारिखका दिन साउथ इष्ट लण्डनमा चितवन युथ यूकेको संयोजनमा चितवनमा निर्माणधिन “गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला” को सहयोगार्थ प्रदर्शनीको तयारी गरेको क्याट यूकेका अध्यक्ष जिवन सेनले जानकारी दिए ।

तस्वीर : नरेन्द्र बस्नेत

प्रतिक्रिया